सदाबहार खबरको रफ्तार ....
मंग्सिर १८, २०८० सोमबार
December 4, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

महाकवि देवकोटालाई मानवतावादी कविका रुपमा स्मरण

२०८० कार्तिक २६, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २६ कात्तिक : महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय १५औँ जन्मजयन्तीका अवसरमा आज विविध साहित्यिक कार्यक्रमसहित उहाँको योगदानलाई स्मरण गरिएको छ ।

लक्ष्मीजयन्तीका अवसरमा भीमसेनगोलास्थित मोर्डन कन्या बहुमुखी कलेजले आज विशेष साहित्यिक कार्यक्रम आयोजना गरी महाकवि देवकोटाको योगदानलाई स्मरण गरेको हो ।

कार्यक्रममा वरिष्ठ साहित्यकारले महाकविलाई विराट प्रतिभा र मानवतावादी कविका रुपमा मूल्याङ्कन गर्नुभएको थियो ।

वरिष्ठ कवि तुलसी दिवसले महाकवि देवकोटाका कालजयी रचनाका कारण मुलुकमा अन्य स्रष्टा जन्मन प्रेरणा मिलेको बताउँदै देवकोटा सबैखालका विचार, समुदाय र क्षेत्रका साझा महाकवि भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा कलेजका संस्थापक अध्यक्ष रामप्रसाद दाहालले महाकवि देवकोटा मानवतावादी कवि भएको बताउनुभयो ।

“महाकवि देवकोटा मान्छेलाई ईश्वर बनाउन नचाहने र ईश्वरलाई मान्छे बनाउन नचाहने स्रष्टाका रुपमा हुनुुहुन्थ्यो”, उहाँले भन्नुभयो ।

दायित्व वाङ्यमय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तले महाकवि देवकोटालाई स्वच्छन्दतावादी कविका रुपमा चित्रण गर्नुभयो ।

कार्यक्रममा कविहरु अनिता कोइराला, कृष्ण बाउसे, सन्ध्या पहाडी तथा कलेजका छात्रा कविहरु रेणुका कँडेल, पार्वती भण्डारी, निकिसा श्रेष्ठ र सुस्मिता कोइरालाले महाकवि देवकोटासम्बन्धी कविता वाचन गर्नुभएको थियो । साहित्यिक क्षेत्रमा योगदान दिएबापत सन्ध्या पहाडीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा उपेन्द्रराज शर्मा काफ्लेको कवितासङ्ग्रह ‘मनकामना’ को लोकार्पण गरिएको थियो ।

सो अवसरमा कलेजका छात्रा इशा गोतामे, काशिका रायलगायतले तिहार पर्व झल्काउने मौलिक सांस्कृतिक भैलो प्रदर्शन गरेका थिए ।

महाकवि देवकोटाको जन्म विसं १९६६ कात्तिक २७ गते लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो ।

उहाँ नेपाली साहित्यका कविता, आख्यान, नाटक र निबन्ध गरी साहित्यका चारवटै विधामा सशक्तरुपमा कलम चलाउने बहुमुखी प्रतिभाका धनी मानिनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

रश्मि, आँचल र अविनाशले मुशायरा तताउँदै

मंजुल र प्रेरणालाई दक्षिण एसियाली साहित्य पुरस्कार

आर्टुडियोले सार्वजनिक गर्‍यो ‘स्ट्रिट आर्ट नेपाल’ पुस्तक

विष्णु सापकोटाको उपन्यास ‘अडिएका पाइला’ लोकार्पण

खनालको कथाको संगालो ‘बाबा मेरो पीआर आयो’ लोकार्पण

प्रतिमाको मुक्तककृति ‘प्रवासी मन’ सार्वजनिक

वक्तृत्वकला प्रतियोगितामा रेश्मा गैरे प्रथम

‘सरुभक्तका मुक्तक’ लोकार्पण

कतारमा कवि क्षेत्रीको एकल कविता वाचन

साहित्यकार एसपी आशाको ८० वर्षमा निधन

वरिष्ठ बाल साहित्यकार शान्तदास मानन्धरको निधन

आज महाकवी देवकोटाको ११५औं जन्मजयन्ती बिभिन्न कार्यक्रम गरी मनाईंदै