सदाबहार खबरको रफ्तार ....
मंग्सिर १८, २०८० सोमबार
December 4, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

‘कालो चस्मा लाउ है मैया’ म्यूजिक भिडियोमा किरण र रक्षाको रोमान्स

२०८० कार्तिक २७, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः चर्चित गीत ‘कालो चस्मा लाउ है मैया’ को नयाँ संस्करण (भर्सन) सार्वजनिक गरिएको छ ।

नेपाली चलचित्र ‘बादलपारी’ मा समावेश उक्त गीतलाई नयाँ संस्करमा निर्देशक दीपक श्रेष्ठले तयार गरेका हुन् । उनले आफ्नो प्रेम कथानक चलचित्र ‘पर्खी बसें तिमीलाई’ मा उक्त गीतलाई समावेश गरेर नयाँ संस्करण सार्वजनिक गरेका हुन् ।

सुरेन्द्र राणाद्वारा लिखित गीतमा सङ्गीतकार शम्भुजित बाँस्कोटाले नै पुनः सङ्गीत सिर्जना गरेका छन् । निर्देशक श्रेष्ठले पुराना लोकप्रिय गीतलाई नयाँ पुस्तासम्म ल्याउन रीमेक गरिएको बताए ।

‘मेरो चलचित्रमा प्रेम कथा भएकाले गीत सुहाउँदो पाएँ । लोकप्रिय गीतलाई चलचित्रको माध्यमले नयाँ पुस्तासम्म ल्याउने प्रयास गरेको हुँ’, निर्देशक श्रेष्ठले भने ।

यसै चलचित्रमार्फत अभिनेता किरण श्रेष्ठ र अभिनेत्री रक्षा बुढाथोकीले अभिनयमा डेब्यु गर्दैछन् । ‘बाल्यकालमा उक्त गीतमा धेरै पटक नृत्य गरें ।

अहिले अभिनय यात्राको सुरुआतमा पनि यही गीतमा प्रस्तुत हुने मौका पाएँ, निकै खुसी छु’, अभिनेत्री बुढाथोकीले भनिन् । उनले स्कुलमा उक्त गीतमा नृत्य गरेको स्मरण गरिन् ।

सार्वजनिक गीत ‘कालो चस्मा’ चलचित्र ‘बादलपारी’ मा समावेश लोकप्रिय गीत हो । गीतलाई गायक प्रमोद खरेल र गायिका मिलन नेवारले गाएका छन् ।

पाटन र भक्तपुर दरबार स्क्वाएरमा छायाङ्कन गरिएको गीतको नृत्य निर्देशक निशा रसाइलीले गरेकी छिन् । निर्देशक श्रेष्ठले पुरानो सर्जकलाई सम्मान गर्दै गीतको भावमै रहेर नयाँ पुस्ताका लागि गीत र भिडियो तयार गरिएको बताए ।

‘मैले नयाँ कलाकारसँग पहिला पनि काम गरेको छु । अहिले पनि उहाँहरूको सक्षमता देखेर काम गराएको छु । यसमा अहिलेको पुस्ताको प्रेम कथा देखाईएको छ’, निर्देशक श्रेष्ठले भने ।

रोमान्स फिल्म्स र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त व्यानरमा निर्माण गरिएको चलचित्रमा अनिशा रसाइली, शिव श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् ।

यसमा राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायाङ्कन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको सङ्गीत, भुपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन रहेको छ ।

यसको छायाङ्कन नेपालसँगै सिक्किमको रमणीय दृश्यमा गरिएको छ । चलचित्र काठमाडौँ उपत्यकामा रीच इन्टरटेनमेन्ट र मोफसलमा एफडी कम्पनिले प्रदर्शनका लागि वितरण गर्नेछ ।

भिडियो हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सिंघम अगेनको सुटिङमा अजय देवगन घाइते

हाउसफूल-५ अब जुन २०२५ मा रिलिज हुने

भुलभुलैया सिक्वेल-३ मा कार्तिक आर्यन कन्फर्म, तब्बुद्वारा अस्विकार

रणवीरको एनिमल क्रेजः बिहान ५ बजे देखी राती २ बजेसम्म शो चलाइयाे

एनिमलले तोडयो शाहरुखको जवानको ‘कलेक्सन् रेकर्ड’

‘मायाबी’को छायांकन सकियो, पल शाहलाई नयाँ उचाई दिने विश्वास

मन्त्री किरातीले सार्वजनिक गरे भिमको पालाम गीत ‘मिम्जिमा ए’

‘एनिमल’को अग्रिम बुकिङ ६ घन्टामा थप आक्रामक, अहिलेसम्म ३ लाख १५ हजार टिकट बिक्री

‘दयारानी’को अर्न्तराष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिजले किन्यो

‘एनिमल’को अग्रिम टिकट २ लाख ५० हजार भन्दा बढी बिक्री, बिहान ७ बजेवाट शाे शुरू हुने

सुनै सुनले सजिएकी बेहुलीसँग बलिउड अभिनेता रणदिप हुड्डाकाे पाेज भाइरल

ट्रेलर रिलिज अगावै प्रभासको सालारको ‘प्लट’ लिक