सदाबहार खबरको रफ्तार ....
मंग्सिर १८, २०८० सोमबार
December 4, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

भारतीय सीमा पुल खुल्ने समय अब एक घण्टा छिटो बन्द हुने

२०८० कार्तिक २७, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दार्चुलाकाे खलङ्गामा रहेकाे भारतीय सीमा पुल खुल्ने समय एक घण्टा छोट्याइएको छ ।

भारतसँग सीमा जोडिएको महाकाली नगरपालिका वडा–४ खलङ्गामा रहेकाे झोलुङ्गे पुल खुल्ने समय हेरफेर गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ। प्रशासन कार्यालय दार्चुलाका अनुसार आजदेखि बिहान ६ बजे खुलेर बेलुका ६ बजे बन्द हुने प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिनुभएको छ ।

यसअघि बिहान ६ बजे खुलेर बेलुकी ७ बजे बन्द हुँदै आएको सीमा पुल अब एक घण्टा छिटो बन्द हुने उहाँले बताउनु भयो । दिनहरु छोटा भएकाले पुल खुल्ने समय पनि एक घण्टा छोट्याइएको बताइएको छ ।
ग्रीष्मकालीन समयमा यो नाका बिहान ६ बजे खुल्ने र बेलुका ७ बजे बन्द हुने गरेको छ ।

शीतकालीन समयमा छिट्टै अँध्यारो हुने भएकाले पनि नाका बन्द हुने समयमा हेरफेर गरिएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिनु भयो ।  यो पुल भएर सबैभन्दा बढी नागरिक ओहोरदोहोर हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

उपप्रधानमन्त्री पूर्णबहादुर खड्का घाना प्रस्थान

सैनिक श्रीमती सङ्घको सक्रियतामा फरक क्षमताका बालबालिका लक्षित विद्यालय सञ्चालन हुँदै

मंसिर ३० भित्र नागरिक सरकार घोषणा गरी गाउँदेखि केन्द्रसम्म समानान्तर सत्ता बनाउने प्रसाईको घोषणा

आईटी आर्मीको राष्ट्रिय भेला आगामी पुस १४ गतेदेखी

काभ्रेका सात विद्यालयका विद्यार्थीलाई ‘एनसिसी’ तालिम दिँदै सेना

अनुशासन र देश प्रेमको भावनाबाटै भावी पुस्ता सबल : प्रधानसेनापति शर्मा

एसिड र अन्य अग्निजन्य पीडितलाई फरक ब्याबहार, कानुन बनाउन माग

९ जना नेपाली मजदुर भारतको सेलर मिलमा बन्धक, काम लगाइ दिने एजेन्ट फरार

सडकले अनुमति नदिँदा विद्युतीय तार भूमिगत गर्ने काम बेवारिसे बन्यो : कार्यकारी निर्देशक घिसिङ

गुल्मीमा सेनाको गण पुनः स्थापना हुने

राष्ट्रपति पौडेलसँग लायन्स इन्टरनेशनलका पदाधिकारीहरूको भेटवार्ता

सेना कर्मचारीलाई तलब खुवाउन सरकारले आन्तरिक ऋण उठाउनु परेकाे छः केपी ओली