सदाबहार खबरको रफ्तार ....
मंग्सिर १८, २०८० सोमबार
December 4, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सभामुख घिमिरेद्वारा तिहारको शुभकामना

२०८० कार्तिक २९, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सभामुख देवराज घिमिरेले उज्यालो र रङहरूको पर्व तिहारको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना गर्नुभएको छ ।

सभामुखले बुधबार एक सन्देश जारी गरी आपसमा रमाउँदै देउसी भैलो खेल्दै उल्लासमय वातावरणमा मनाइने तिहारले आम नेपाली दिदीबहिनी तथा दाजुभाइबीच आपसी भाइचारा सम्बन्ध विस्तार गर्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ ।

“नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताबीच सुदृढ एकताको विशेषतायुक्त देश हो, संस्कार र संस्कृतिमा फरक भएकैले नेपाली आज विश्वसामु फरकरूपमा प्रस्तुत भइरहेका छौँ, संस्कार र संस्कृति हाम्रा गौरव र सम्पत्ति हुन्, विभिन्न जातजातिका भाषा, धर्म, संस्कृति, रहनसहन, चाडपर्व, वेशभूषा, रीतिथिति, इतिहास र चालचलन हाम्रा पहिचान हुन्”, सभामुखले सन्देशमा भन्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीमा आयोग

बिधायन व्यवस्थापन समितिको बैठक बस्दै

जलन सम्बन्धी छुट्टै कानुन बनाउने सांसदहरूको प्रतिबद्धता

सरकार र निजी क्षेत्रबीचको सम्बन्ध सौहार्दपूर्ण हुनुपर्छ : सभामुख घिमिरे

राष्ट्रियसभाका अध्यक्ष र अष्ट्रेलियाली समकक्षीबिच भेटवार्ता

लुम्बिनी प्रदेशकाे “स्थानीय तह संग प्रदेश सभा” कार्यक्रम बर्दियाबाट सुरु

सांसद महेशकुमार महराको पसलबाट धनमाल चोरियो

सरकारले संसद् र समिति सञ्चालनको बजेट नियन्त्रण गर्‍यो : सभामुख घिमिरे

संसदीय समितिका सभापतिसँग छलफल गर्दै सभामुख

कोशी प्रदेशमा बजेट प्रतिस्थापन विधेयक सर्वसम्मत पारित

सभामुख घिमिरेका स्वकीय सचिवले निःशुल्क बनाइदिए ४० लाखको नगर विकास योजना

पोर्चुगलका प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान