काठमाडौंः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार ठूलो गोडभेंडाको मूल्य हिजो कात्तिक २९ गते कै कायमा रहेको छ । नेपाली ठूलो गोलभेँडाको न्युनतम मूल्य प्रतिकेजी आज ६० रुपैयाँ छ ।
लोकल सानो गोलभेँडाको मूल्य भने ३० रुपैयाँ कायम छ । रातो आलुको न्यूनतम मूल्य ५५ रुपैयाँ रहेको छ । स्थानीय काउलीको मूल्य २० रुपैयाँ न्युनतम मूल्यमा बिक्रि भईरहेको छ ।
यस्तै गाजरको मूल्य प्रतिकेजी ५० रुपैयाँमा विक्री भएको छ भने घिउ सिमी लोकल २०, मकै बोडी २०, मटरकोशा १८० रुपैयाँ तोकिएको छ । तितो करेला ८०, परवल ३५, घिरौला ४०, फर्सी पाकेको ३० कन्ने च्याउ ५०, डल्ले च्याउ २८०, काँक्रो लोकल २५, रुपैयाँ प्रतिकेजीमा खरिद बिक्री भैरहेको छ । रायोको साग प्रतिकेजी ३० रुपैयाँ, तोरीको साग प्रतिकेजी ३० रुपैयाँ रहेको छ ।
फलफूमा केरा दर्जनको १६० रुपैयाँ तोकिएको छ । फूजी स्याउ प्रतिकेजी ३२० नै कायम छ । कागती १२० रुपैयाँमा विक्रि भईरहेको छ । मौसम ८०, किवि १५०रुपैयाँ न्युनतम मूल्य प्रतिकेजी तोकिएको छ ।