सदाबहार खबरको रफ्तार ....
मंग्सिर १८, २०८० सोमबार
December 4, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेपाल बैंक आजबाट ८७औं वर्षमा प्रवेश

२०८० कार्तिक ३०, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : नेपाल बैंक ८७औं वर्षमा प्रवेश गरेको छ । विसं १९९४ साल कात्तिक ३० गते स्थापना भएको नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड स्थापनाको ८६ वर्ष पूरा गरी ८७औं वर्षमा प्रवेश गरेको छ ।

८७ वर्षअघि ८ लाख ४२ हजार रुपैयाँबाट सुरु भएको कम्पनीको चुक्तापूँजी १४.६९ अर्ब रुपैयाँ पुगेको छ । २०८० असार मसान्तसम्म कम्पनीले २ खर्ब ४४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८४ अर्ब रुपैयाँ कर्जा प्रदान गरेको छ । कम्पनीको जगेडा कोषमा २१.८८ अर्ब रुपैयाँ छ भने पूँजी पर्याप्तता अनुपात १४.४९ प्रतिशत र नेटवर्थ ३६.५८ अर्बभन्दा बढी रहेको छ ।

हाल ७१ जिल्लामा शाखा सञ्जाल विस्तार गरी करिब ३हजार ६०० जना कर्मचारीमार्फत् आधुनिक बैङ्किङ सेवा विस्तारमा आक्रामक ढङ्गले प्रस्तुत भएको कम्पनीको २२८ वटा शाखा, ५८ वटा विस्तारित काउन्टर तथा २०४ वटा एटीएम बुथ रहेको छ । कम्पनीले देशैभर कारोबार सञ्चालन तथा सेवा प्रवाह गरिरहेको पनि जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सुनको मूल्य अहिलेसम्मकै उच्च

राष्ट्र बैंकले १६ अर्ब ४० करोडको ट्रेजरी बिल बिक्री गर्ने

आजको बिदेशी मुद्राको बिनिमय दर, बेलायती पाउन्ड १६९ रूपैयाँ नाघ्यो

नेपाल एयरलाइन्सको विमान बिग्रिँदा रारा विमानस्थलमा ग्राउन्डेड

पेट्रोलियम पदार्थको मूल्य यथास्थितिमा राख्न अवस्था छैन: उद्योगमन्त्री रिजाल

भारतीय सेयर बजारमा नयाँ रेकर्डः भारतीय सेयर पुग्यो ४ ट्रिलियन नाघ्यो

आजको बिदेशी मुद्राको बिनिमय दर, क्यानेडियन डलर ९९ रूपैयाँ नाघ्यो

सुनको मूल्य हालसम्मकै उच्च, साताको पहिलो दिन तोलामा १८ सयले बढ्यो सुन

वीरगञ्ज नाकाबाट चार महिनामा १ हजार २७ सवारी साधनको जाँचपास

सहस्राब्दी पदमार्गमा विदेशी पदयात्री बढ्दै

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

विकास परियोजनाको प्रभावकारी कार्यान्वयनमा अर्थमन्त्रीको जोड