सदाबहार खबरको रफ्तार ....
मंग्सिर २२, २०८० शुक्रबार
December 8, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

शिक्षक अभिमुखीकरण तालिम सम्पन्न

२०८० कार्तिक ३०, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौ : भ्याली पब्लिक माध्यमिक विद्यालय र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा शिक्षक अभिमुखीकरण तालिम सम्पन्न भएको छ । आधिकारिक परीक्षण कसरी गर्ने भन्ने सवालमा शिक्षक अभिमुखीकरण तालिम सञ्चालन गरिएको हो ।

तालिमको पहिलो सत्रमा आधिकारिक परीक्षण विषय माथि डा.वासुदेव प्रसाद सुवेदीले आफ्नो तयारी, अनुभव र विज्ञता शिक्षकहरूका बिच सरस ढंगले प्रस्तुत गरेका थिए । उनले शिक्षकहरूले कक्षा कोठामा आफ्ना बालबालिकाहरूको सिकाई अभिरूची, क्षमता, शैली तथा तत्परतालाई सदैव पहिचान गर्दै सोही अनुरूप पठन–पाठनलाई जारी राख्नुपर्ने पक्षलाई जोड दिए । साथै शिक्षक वास्तविक रूपमा शिक्षक बनी विद्यार्थीहरूमा रहेको अन्योल र अनिश्चिततालाई नियमित परीक्षण प्रणाली तथा कक्षा कार्यमूलक अनुसन्धान प्रक्रियालाई अवलम्बन गर्दै आफुलाई व्यावसायिक एवम् व्यक्तिगत तवरले शैक्षणिक प्रक्रियाहरूसँग सापेक्ष तुल्याउँदै रहनुपर्ने वास्तविकतालाई उजागर गरे ।

विद्यार्थी उपलब्धि परीक्षण गर्ने आधारहरूका बारेमा उल्लेख गर्दै शिक्षकले जहिले पनि पाठ्यक्रम तथा विषयगत पाठ्यभारका सम्बन्ध सदा जानकार रही विद्यार्थीलाई निर्णयात्मक निर्माणात्मक परीक्षण विधिलाई प्रयोग गर्नुपर्ने आवश्यकतालाई औँल्याए । यस्ता परीक्षण विधिमा शिक्षकले विद्यार्थीको उपलब्धि स्तरको निर्णय, विद्यार्थीको बुझाइस्तरको पहिचान गरी सम्भावित अपूर्णतालाई आवश्यक सुधार सहित पूर्णताको बुझाइमा पु¥याउनु वा विद्यार्थी स्वयम्ले आफ्नो बुझाई स्तरको ख्याल गरी सहपाठी वा शिक्षकको सहायताले आवश्यक सुधार गर्ने प्रक्रिया अवलम्बन गरिन्छ ।

विद्यार्थीको सिकाई स्तरको पहिचान गर्न सिकाई कला क्षेत्रमा आवश्यक रूव्रिक्स् निर्माण गरी अवलम्बन गर्न जरुरी हुन्छ ताकी आफ्नो उपलब्धिका बारेमा विद्यार्थीले त्यस्ता आधार बुझ्न वा जान्न चाहेमा शिक्षकले प्रमाण प्रस्तुतसम्म पनि गर्नुपर्ने हुँदा परीक्षणलाई जहिले पनि आधिकारिक तवरमा गर्नु÷गराउनु पर्दछ । यस्तो प्रक्रियाबाट गरिने परीक्षण सदा विश्वसनीय सन्तुलित र दुरुस्त रहने गर्दछ ।

उक्त विद्यालयमा सञ्चालित शिक्षक अभिमुखीकरण तालिममा भातृसंस्था भद्रकाली माध्यमिक विद्यालयकी प्राचार्य अनिता थापा अधिकारी तथा भ्याली पब्लिक माध्यमिक विद्यालयकै प्रशासन प्रमुख महेश अधिकारीको समेत उपस्थिति रहेको थियो ।

समापन सत्रलाई सम्बोधन गर्दै विद्यालय प्रशासन प्रमुख महेश अधिकारीले विज्ञलाई धन्यवाद ज्ञापन गर्दै तालिमबाट प्राप्त ज्ञान र सीपलाई सहभागी शिक्षकहरूले दैनिक रूपमा आफ्ना कक्षाका विद्यार्थीको सिकाई तीव्रताका लागि सफल प्रयोग गर्नुपर्ने बताए ।

उपस्थित शिक्षकहरूलाई काठमाण्डौ विश्वविद्यालयका सह प्राध्यापक डा. वासुदेव प्रसाद सुवेदी र रेजीना के.सीले प्रस्तुति सहित तालिम दिएका थिएका थिए । खबरएजुकशेन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

त्रिविमा मौसम परिवर्तनबारे शीतकालीन कक्षा सञ्चालन

समायोजन भएका विद्यालयका ७५ जना शिक्षकको दरबन्दी मिलान

सिकाइ सामग्री बनाउन विद्यार्थीहरूबीच प्रतिस्पर्धा हुँदै, यसरी दिनुहोस् आवेदन

राजनीतिक दललाई विद्यालयका कक्षाकाेठा प्रयोग गर्न नदिने

कक्षा ११ को रजिस्ट्रेसन आवेदन फारम खुल्यो (सुचनासहित)

शिक्षा विधेयकमाथि सरोकारवालासँग प्रदेशगत रूपमै सुझाव माग्ने संसदिय समितिको तयारी

तलबभत्ता दिने सहमतिपछि शिक्षक-शिक्षिका आन्दोलन छाडेर विद्यालय फर्किए

मिन्डानाओ स्टेट विश्वविद्यालयमा विस्फोट हुँदा चार जनाको मृत्यु

‘स्वास्थ्य विज्ञान विश्वविद्यालयको पूर्वाधार यसै वर्ष पूरा हुन्छ’ : शिक्षा राज्यमन्त्री प्रमिला कुमारी

काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको ‘द लण्डन कलेज’ सञ्चालनमा

प्रादेशिक गुरुकुल विद्यालय भवन बनाउन महायज्ञ

गणेश माविमा प्लस टु सञ्चालनका लागि चन्दा सङ्कलन अभियान