सदाबहार खबरको रफ्तार ....
मंग्सिर १८, २०८० सोमबार
December 4, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

महिला टी ट्वान्टी शृंखलामा हङकङसँग ९ विकेटले पराजित

२०८० कार्तिक ३०, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : महिला टी ट्वान्टी चारदेशीय शृंखलामा नेपाल घरेलु टोली हङकङसँग पराजित भएको छ। सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले हङकङसँग ९ विकेटको हार ब्यहोरेको हो।

योसँगै नेपालले लगातार दुई खेलमा पराजय हुँदा शृंखलाबाट बाहिरिएको छ। नेपालले अब समूह चरणको अन्तिम खेलमा जापानसँग खेल्नेछ।

नेपालले प्रस्तुत गरेको ५७ रनको सामान्य लक्ष्य हङकङले ९ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्‍यो। यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १८ ओभरमा अलआउट हुँदै मात्र ५६ रन बनाउन सक्यो।

नेपालका लागि रुबिना क्षेत्रीले २५ रन बनाउनुबाहेक अन्यको प्रदर्शन निरीह रह्यो। नेपालका अन्य कुनै ब्याट्सवुमनले दोहोरो अंकको स्कोर छुन सकेनन्।

ओपनरद्वय पूजा महतो ४ र सीता रानामगर ९ रनमा आउट भएको खेलमा सम्झना खड्का १ रनमा पोविलियन फर्किएका थिए।

कप्तान इन्दु वर्मा र काजल श्रेष्ठ शून्य रनमा आउट हुँदा उपकप्तान बिन्दु रावल र कन्चन श्रेष्ठ १ रनमा र अश्मिना कर्मचार्य शून्य रनमा पोविलियन फर्किएका थिए।

हङकङकी इकरा सहरले सर्वाधिक ३ विकेट लिइन्। सुचिथा बेन्कटेशले २ विकेट लिएको खेलमा बेट्टी चान, मारिको हिल र केनी चानले समान एक–एक विकेट हात पारेका थिए। नेपाल पहिलो खेलमा तान्जानियासँग २७ रनले पराजित भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भारतले दियो अष्ट्रेलियालाई १ सय ६१ रनको लक्ष्य

युरोकप २०२४ को ड्र, कुन देश कुन समुहमा परे ?

स्पेनिस ला लिगा : डियाज र रोड्रीगोको गोलमा रियल म्याड्रिड विजयी

ईङलिश प्रिमियर लिग : न्यूक्यासलसँग म्यानचेस्टर युनाइटेड १-० गोलले पराजित

सुपर लिगमा आज दुईवटा खेल हुदैँ

साउदी प्रो लिग : अल नासरमाथि अल हिलालको जित

नेपाल सुपर लिगमा धनगढी र ललितपुरले गोल रहित बराबरी खेले

रोहित र कोहलीविनै भारतले जित्यो अष्ट्रेलियाविरूद्ध टी-२० सिरिजको उपाधि

एनएसएलमा आज ‘डबल हेडर’ : झापा र पोखरा तथा धनगढी र ललितपुर भिड्ने

प्रहरी कप: नक्साल हेडक्वाटरलाई हराउँदै पोखरा प्रहरी बिजयी

एनएसएल: वीरगन्जमाथि चितवनको २-१ को जित

सुपर लिग: बिरगञ्ज र चितवन भिडदैँ