सदाबहार खबरको रफ्तार ....
मंग्सिर १८, २०८० सोमबार
December 4, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

चीनमा आगलागीमा परी मृत्यु हुनेको संख्या २६ पुग्याे

२०८० कार्तिक ३०, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चीनमा आगलागीमा परी मृत्यु हुनेको संख्या २६ पुगेको छ ।

उत्तरी चीनको एक कार्यालय भवनमा आगलागी हुँदा कम्तिमा २६ जनाको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

शान्सी प्रान्तको लुलियाङ शहरमा रहेको चार तले भवनमा स्थानीय समय अनुसार बिहान करिब ७ बजे आगलागी भएको थियो । योङ्जु कोइला उद्योग संयुक्त भवनबाट निकालिएका दर्जनौंमध्ये ६३ जनालाई अस्पताल लगिएको थियो।

सरकारी सञ्चालित बेइजिङ युथ डेलीले चिनियाँ सामाजिक सञ्जाल वेइबोमा पोष्ट गरेको भिडियोमा भवनबाट आगो र बाक्लो धुवाँ निस्किरहेको देखाइएको छ। यो देशकै सबैभन्दा धेरै कोइला उत्पादन गर्ने प्रान्तमा आगलागी भएको हो ।

सरकारी सञ्चारमाध्यमले यसअघि आगो नियन्त्रणमा आएको जानकारी दिएका थिए ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले प्रमुख उद्योगहरूमा लुकेका जोखिमहरू छानबिन गर्न निर्देशन दिएका छन्। एपेक शिखर सम्मेलनका लागि हाल सान फ्रान्सिस्कोमा रहेका राष्ट्रपति सीले अधिकारीहरूलाई जनताको जीवन, सम्पत्ति र सामाजिक स्थिरताको सुरक्षा गर्न पनि निर्देशन दिएको ग्लोबल टाइम्सले रिपोर्ट गरेको छ।

गत अप्रिलमा राजधानी बेइजिङको एक अस्पतालमा भएको आगलागीमा २९ जनाको ज्यान गएपछि जनआक्रोश उत्पन्न भएको थियो र धेरैले घटनाबारे रिपोर्ट नगरिएको र बिरामीका आफन्तहरूलाई पहिले नै किन जानकारी नगरिएकोमा प्रश्न उठाएका थिए भने गत अक्टोबरमा पनि उत्तर पश्चिमी यिनचुआन प्रान्तको एक बारबेक्यू रेस्टुरेन्टमा भएको विस्फोटमा ३१ जनाको मृत्यु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

गाजामा तीन सैनिक मारिएः इजरायली सेना

भारतीय वायुसेनाको बिमान दुर्घटना, दुई पाइलटको मृत्यु

इन्डोनेसियाको माउन्ट मारापीमा ज्वालामुखी विस्फोट हुँदा ११ को मृत्यु, १२ बेपत्ता

गाजा माथी ‘इजरायली अपराध’ छानबिन गर्नु पर्ने कतारको माग

हमास-इजरायल युद्दः अन्तराष्ट्रिय फौजदारी अदालतले युद्ध अपराध अनुसन्धान गर्ने

तान्जानियामा बाढी पहिरोमा परी ४७ को मृत्यु, ८५ बढी घाइते

यमनको हुथी बिद्रोहीले पुनः दुई इजरायली जहाजमाथी गरे आक्रमण

इरानले भन्योः इजरायली युद्ध अपराधले क्षेत्रीय दन्द्द बढाउँदै छ

गाजामा ‘बफर जोन’ बनाउने इजरायाली योजनाको खुलासा

भारतको चार प्रदेशको बिधानसभाकाे प्रारम्भिक नतिजा, बिजेपीलाइ टक्कर दिँदै कांग्रेसकाे कमब्याक

अमेरिकाले अन्तरिक्ष सम्पतिमा आक्रमण गरे ‘युद्द घोषणा’ मानिने उत्तर कोरियाको चेतावनी

इराककाे भुमीमा आक्रमण नगर्न अमेरिकालाई बग्दादकाे चेतावनी