सदाबहार खबरको रफ्तार ....
मंग्सिर १८, २०८० सोमबार
December 4, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

गत बर्ष अध्ययनका लागि १५ हजार बढी नेपाली अमेरिकामा

२०८० कार्तिक ३०, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : एकै बर्षमा अमेरिका अध्ययन गर्न जाने नेपाली बिद्यार्थीको संख्या १५ हजार नाघेको छ ।

नेपालस्थित अमेरिकी दुतावासका अनुसार गत बर्षमा १५ हजार ९० जना नेपाली बिधार्थी अध्यनका लागि अमेरिका पुगेका छन् ।

अन्तर्राष्ट्रिय शैक्षिक एक्सचेन्जबारे सन् २०२३ को ओपन डोर्स रिपोर्ट सार्वजनिक भएलगत्तै अमेरिकी दुतावासले यो जानकारी दिएको हो । ‘उक्त रिपोर्ट अनुसार अमेरिकामा अध्ययन गर्ने नेपाली विद्यार्थीहरूको सङ्ख्या गत वर्ष २७‍.९ ले वृद्धि भई १५,०९० पुगेको छ, जुन सङ्ख्या हालसम्म कै उच्चतम हो’ अमेरिकी दुतावासले भनेको छ ।

शैक्षिक वर्ष २०२२–२०२३ मा १० लाख भन्दा धेरै अर्थात १० लाख ५७ हजार १८८ जना अन्तर्राष्ट्रिय विद्यार्थीहरूको रोजाइमा परेको अमेरिका परेको छ । उसका अनुसार अन्तर्राष्ट्रिय विद्यार्थीहरूको शीर्षस्थ गन्तव्यको रूपमा अझै पनि अमेरिका रहेको जनाउँदै सबैलाइ शुभकामना दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मिन्डानाओ स्टेट विश्वविद्यालयमा विस्फोट हुँदा चार जनाको मृत्यु

‘स्वास्थ्य विज्ञान विश्वविद्यालयको पूर्वाधार यसै वर्ष पूरा हुन्छ’ : शिक्षा राज्यमन्त्री प्रमिला कुमारी

काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको ‘द लण्डन कलेज’ सञ्चालनमा

प्रादेशिक गुरुकुल विद्यालय भवन बनाउन महायज्ञ

गणेश माविमा प्लस टु सञ्चालनका लागि चन्दा सङ्कलन अभियान

गरुवा आधारभूत विद्यालयका विद्यार्थी बोकेको बस ब्रेक फेल भएर दुर्घटना

स्कुल बसको ठक्करबाट २ जनाको मृत्युपछी स्थानीयले लगाए बसमा आगो

तेह्र विद्यार्थी पढाउन छ जना शिक्षक

चिया प्रविधिको पढाइ सुरु

भूकम्पको भय, अझै सहज हुन सकेन पठनपाठन

बैग्लौरका स्कुलहरू बमले उडाउने धक्की, बम डिस्पोजल टोली स्कुलमा

स्नातकोत्तर तहमा नेपाली र अङ्ग्रेजी विषय पढ्न मापदण्ड परिवर्तन