सदाबहार खबरको रफ्तार ....
मंग्सिर २२, २०८० शुक्रबार
December 8, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

विश्वकप छनोटमा जापानको शानदार जित

२०८० मंग्सिर १, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सन् २०२६ को विश्वकप र २०२५ को एसियन कपको दोस्रा चरणको छनोटमा जापानले सानदार जित निकालेको छ ।

आज भएको समूह बीको खेलमा जापानले म्यानमारलाई ५–० गोल अन्तरले पराजित गरेको हो । जितसँगै जापानले समूह बीमा स्पष्ट ३ अंक लिएको छ ।

जापानको जितमा आयास उएडाले ह्याट्रिक गर्दा रिटुस डोन र डिएची कामदाले एक एक गोल थपेका थिए । ११ औं मिनेटमा उएडाले गोल गर्दै जापानलाई सुरुमै अग्रता दिलाए । २८ औं मिनेटमा कामदाले गोल गरेपछि जापानले अग्रता दोब्बर बनायो ।

पहिलो हाफको अतिरिक्त चौथो मिनेटमा उएडाले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे । ५० औं मिनेटमा उएडाले ह्याट्रिक पूरा गर्दा जापान ४–० ले अघि बढेको थियो ।

८६ औं मिनेटमा डोनले गोल गरेपछि जापानले ५–०को सहज र शानदार जित निकाल्न सफल भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

फारवेष्ट पशुपति कप अब मंसीर २९ गतेदेखि हुने

किरात गोल्डकप : झापा फाइनलमा

नेत्रहीन क्रिकेट प्रतियोगितामा बागमती च्याम्पियन

एनएसएल: एफसी चितवन र बुटवल लुम्बिनी १-१ को बराबरीमा

पिएसएलको ड्राफ्टमा नेपाली लेग स्पिनर सन्दीप

चेल्सीमाथि म्यानचेस्टर युनाइटेड २-१ ले विजयी

एलपीएलमा घोडाघोडी र कैलाली विजयी

लिओनल मेसी ‘एथ्लेट अफ दि इअर’ घोषित

एनएसएल: पोखरालाई शीर्षमा उक्लिने मौका, आज इलामसँग भिड्दै

एसिया कप खेल्न नेपाली युवा टोली यूएई प्रस्थान

सुपर लिगः आज इलाम र पोखरा बिचमा खेल हुदैँ

एनएसएल : पुछारको वीरगन्ज ललितपुरसँग भिड्दै