सदाबहार खबरको रफ्तार ....
श्रावण ३, २०८१ बिहिबार
July 18, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कोरोनाका कारण बन्द रहेकाे टिपताला नाका खुलाउन छलफल

२०८० मंग्सिर १, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः काेराेना महामारीका कारण चार वर्षदेखि बन्द रहेकाे टिपताला नाका खुलाउने विषयमा दुई देशका स्थानीय पदाधिकारी तथा नेतृत्वबीच छलफल भएको छ ।

टिपताला भञ्ज्याङमा दुई देशका स्थानीय पदाधिकारीबीच अनौपचारिक भेटघाट गर्दै नाका खुलाउने विषयमा छलफल भएको फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बूले बताउनुभयो । छलफलमा नेपालको तर्फबाट फक्ताङलुङका अध्यक्ष राजन लिम्बू, उपाध्यक्ष रवीन साम्रा लिम्बूसहितका पदाधिकारीको सहभागिता थियो । चीनको तिब्बतको तर्फबाट दिङ्जे काउन्टी जिल्लाका डीएसपी दावा छिरिङ लामा, इमिग्रेसन पुलिस अफिसर टासी थुन्डुकसहितका पदाधिकारी सहभागी थिए ।

छलफलमा नाका खुलाउन, व्यापार तथा पर्यटन विकास गर्न र टिपतालादेखि ओलाङचुङगोलासम्म सडक कालोपत्रका लागि सहयोग गर्न चीन सरकार इच्छुक रहेको तिब्बतका तर्फबाट सहभागी स्थानीय पदाधिकारीले बताएका फक्ताङलुङका अध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।

टिपताला नाका नखुल्दा दुई देशबीच हुँदै आएको सीमा व्यापार ठप्पसँगै फक्ताङलुङ–७ को ओलाङचुङगोला, याङ्मा, वडा नम्बर–६ लेलेपको फले र घुन्साका बासिन्दालाई दैनिकी चलाउन समस्या भएको छ । उनीहरूले तिब्बतकाे रिउबाट सस्तो मूल्यमा दैनिक उपभोग्यलगायतका सामग्री आयात गर्दै आएका थिए ।

नाका बन्द भएपछि यहीँको सामान खरिद गर्दा मूल्य र ढुवानी खर्च महँगो पर्ने स्थानीय बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १२५ जनाको मृत्यु

पृथ्वीराजमार्गमा मनसुनभरि सडक स्तरोन्नति बन्द गरिने

पहिरोले पाँच परिवार विस्थापित

प्राकृतिक जीवाणु मलको माग बढ्यो

नयाँ बानेश्वर चोकमा गुडिरहेको बसबाट धुवाँको मुस्लो

व्यावसायिक पशुपालनबाट वार्षिक रु सात लाख आम्दानी

उत्पादनमा आधारित अनुदानले दूध उत्पादन बढ्यो

आलु प्रवर्द्धन कार्यक्रमले दुई हजार सात सय क्षेत्र विस्तार

प्राकृतिक विपत्तिबाट कोशी प्रदेशमा ७७ जनाको मृत्यु

बैतडीका छ स्थानीय तह बाढीपहिराको उच्च जोखिममा

बाढीपहिराले मध्यपहाडी राजमार्गको ४० किलोमिटर क्षतिग्रस्त

गोरखा-आरुघाट सडक अवरुद्ध