सदाबहार खबरको रफ्तार ....
मंग्सिर १८, २०८० सोमबार
December 4, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

देवदहमा बस पल्टियो, २० घाइते मध्ये दुइ गम्भिर

२०८० मंग्सिर १, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः रुपन्देहीको देवदहमा बस दुर्घटना भएको छ ।

गए राती पूर्वपश्चिम राजमार्गअन्तर्गत देवदहमा बस दुर्घटनामा परी २० जना घाइते भएका छन् ।

सो बस दुर्घटनामा घाइते भएकाहरूलाइ देवदह मेडिकल कलेजमा उपचार गराइराखिएको छ । प्रहरीका अनुसार घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी मनोहरप्रसाद भट्टले दिएको जानकारी अनुसार काठमाडौंबाट दाङ जाँदै गरेको बा प्र ०३–००१ नम्बरको बस गए राति पौने १२ बजे देवदह नगरपालिका–८ भलुहीमा पल्टिएको थियो । मध्यरातमा  अचानक बस पल्टिएर भएको दुर्घटनामा परी सो वसमा सवार रहेका २० यात्रु घाइते भएका हुन्।

प्रहरीका अनुसार सो बसमा ३८ जना सवार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भीरवाट लडेर दार्चुलामा एक महिलाको मृत्यु

उत्तरी गोरखाको सिर्दीबासमा खच्चडबाट चामल ढुवानी

नेपाल–भारत सीमा स्तम्भहरुको मर्मत सुरु

सुन्तला उत्पादनमा वृद्धि हुँदा किसान उत्साहित

सुदूरपश्चिम, लुम्बिनी र कर्णालीको पहाडी भेगमा हिमपातसँगै वर्षा

सिरहाको लहानमा साइकल स्टोरमा आगलागी, लाखौंको क्षती

वायुसेवा निगमले अपाङ्गता भएका यात्रुलाई भाडामा छुट दिने

जुवा खेलिरहेको अवस्थामा १५ जना पक्राउ

बोरामा भेटिएका शवकाे भएन पहिचान, चितवन प्रहरीद्वारा स्केच सार्बजनिक

अर्थले प्राधिकरणलाई भन्यो: सडक बत्तीको बक्यौता पालिकाबाटै लिनु

गएरातीदेखी अवरुद्ध कोशी राजमार्ग सञ्चालनमा

अपाङ्गताबारे ऐन, कानुनको प्रभावकारी कार्यान्वयनमा समस्या