सदाबहार खबरको रफ्तार ....
मंग्सिर २२, २०८० शुक्रबार
December 8, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

एमालेले बोलायो बिशेष बैठक

२०८० मंग्सिर १, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी एमालेले विशेष बैठक आह्वान गरेको छ । बैठक भोली (शनिबार) १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो बस्ने गरी बोलाएको हो।

बैठकमा जनसंगठनका पदाधिकारी र काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरुलाई बोलाइएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन्। बैठकमा पछिल्लो राजनीतिक गतिविधि र युवासंघको आयोजनामा हुने मंसिर ७ गतेको कार्यक्रमको बारेमा छलफल हुनेछ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको भ्रातृ संस्था राष्ट्रिय युवा संघले आगामी मंसिर ७ गते भ्रष्टाचार, महँगी, अनियमितता तथा राज्यको अराजकताविरुद्ध काठमाडौंमा जनप्रदर्शन गर्दैछ।

मुलुकमा सरकार भएको अनुभूति नभएको र दण्डहीनताले सीमा नाघेको भन्दै युवासंघले प्रदर्शन गर्न लागेको युवा संघका प्रवक्ता निरोज पौड्यालले जानकारी दिए। उनले माफियागिरी, सामाजिक सदभाव भड्काउने एवं धार्मिक सहिष्णुता भत्काउने आपराधिक गतिविधिविरुद्ध प्रदर्शन गर्न लागिएको जनाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

वर्तमान सरकार देशको इज्जत समाप्त पार्ने काममा लागेको एमाले अध्यक्ष ओलीको आरोप

पार्टी परित्याग गरेका सदस्यको नाम अभिलेखबाट हटाउने राप्रपाको निर्णय

कानुन निर्माणमा प्रतिनिधिसभा र राष्ट्रियसभाबीच जिम्मेवारी बाँडफाँट हुनुपर्छ : सांसद डा. विमला राई

एमालेको सङ्कल्प यात्रा पर्वत पुग्दै

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक धुम्बाराहीमा जारी

रास्वपाले सचिवालय बैठक डाक्यो

राप्रपा कार्यसम्पादन समितिको बैठक बस्दै

‘आजीवन राजनीति गर्‍याे, पैसा खर्च गर्नेले निर्वाचन जित्छ, यो अवस्था बदल्नुपर्छ’

नेकपा एसको सचिवालय बैठक सुरु, महाधिवेशनको मिति तोकिने

जसपाको कोशी प्रदेश समितिले गर्‍याे जिम्मेवारी बाँडफाट

जनहितमा बाधक कानुन सुधार गर्नुपर्छ : सांसद गिरी

एमाले पदयात्राः आज रुकुमकोट पुग्दै