सदाबहार खबरको रफ्तार ....
मंग्सिर २२, २०८० शुक्रबार
December 8, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

गोरु काटेको आरोपमा तीनजना पक्राउ

२०८० मंग्सिर १, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कालीकोट प्रहरीले गोरु काटिरहेको अवस्थामा तीन जनालाई नियन्त्रणमा लिएको छ । कात्तिक २५ गते नरहरीनाथ गाउँपालिका –८ मा गोरु काटिरहेको सूचना प्राप्तपछि इलाका प्रहरी चौकी कुमाल गाउँबाट खटिएको प्रहरी टोलीले गोरु काट्ने काममा संलग्न रहेको आरोपमा २६ गते बिहान पक्राउ गरेको हो ।

काग तिहारको साँझ नरहरिनाथ गाउँपालिका –९ को विरौना जङगलमा रहेको चदारे खानेपानी ट्याङकीनजिकै गोरु काटेको सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नरहरिनाथ गाउँपलिका –८ बस्ने अन्दाजी वर्ष २२ का हिक्मत वि.क, वडा ९ बस्ने वर्ष ४० का मिम भन्ने मिनी दर्जी सोही वडा बस्ने वर्ष २४ का लोकेश परियारलाई २६ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जंगलमा गोरु काटेको सूचना वडा ८ का वडाध्यक्ष लालबहादुर विष्टले दिएपछि प्रहरीले गोरुको टाउकोसहित उनीहरुलाई पक्राउ गरेको बताएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक थापाले शहरको सिकाइ गाउँमा हुन थालेको बताउनुभयो ।

पछिल्लो समय शहरको नकारात्मक सन्देश गाउँमा पुग्न थालेको प्रति चिन्ता ब्यक्त गर्नुभयो । गोरु काट्नेलाई पशुपञ्छी कसुर अन्तर्गतको कसुरमा मुद्दा चलाएको बताइएको छ । अपराध संहिता २०७४ को फौजदारी कसुर ऐनको परिच्छेद २७ मा पशुसम्वन्धीको कसुर गरेमा तीन वर्षसम्म कैद हुने ब्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

महिलाको चरित्र हत्या गर्ने एक जना पक्राउ

क्यासिनो प्रवेश गर्न नेपालीलाई भारतीय आधार कार्ड बनाइदिने तीनजना पक्राउ

चोरी गरेको आराेपमा तीनजना पक्राउ

धनगढीमा स्कारपियोसहित २३ लाखको अवैध सामान बरामद

बेलायती सशस्त्र गिरोहका नेता टर्कीबाट पक्राउ

श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

न्युरोडबाट अवैध ८ किलो सुन बरामद, सुन पसलका सञ्चालक पक्राउ

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

पाँच किलो चाँदीजस्तो देखिने धातुसहित तीनजना पक्राउ

दार्चुलामा जेठाजुबाटै बुहारीमाथि कुटपिट

खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ

महिला हत्या आरोपमा चारजना पक्राउ