सदाबहार खबरको रफ्तार ....
असोज २१, २०८१ सोमबार
October 7, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

भेरी अस्पतालबाट थप दुई जना घाइते डिस्चार्ज

२०८० मंग्सिर १, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जाजरकोट र रुकुम पश्चिममा गत कार्तिक १७ गते राति गएको भूकम्पमा परी घाइते भएर उपचारका लागि विभिन्न समयमा भेरी अस्पताल ल्याइएका बिरामी निको भएर डिस्चार्ज हुनेक्रम बढेको छ। भूकम्पमा घाइते भएर भेरीमा उपचार गराइरहेका थप दुई जना बिरामी शुक्रबार डिस्चार्ज भएका छन्।

बारेकोट गाउँपालिका-५ जाजरकोटका ६३ वर्षीय गोपाल दमाई र जाजरकोटकै भेरी नगरपालिका ५ का ६४ वर्षीय टिकाराम राना उपचारपश्चात् निको भई शुक्रबार डिस्चार्ज हुनुभएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिनुभयो।

श्रेष्ठका अनुसार दमाईलाई उपचारका लागि कार्तिक २९ गते र रानालाई कार्तिक १८ गते भेरी अस्पतालमा ल्याइएको थियो। योसँगै भेरी अस्पतालमा उपचार गराई निको भएर डिस्चार्ज हुने भूकम्पका घाइते बिरामीको सङ्ख्या ५० पुगेको छ।

उक्त भूकम्पमा परी घाइते भएका विभिन्न जिल्लाका ६० जना बिरामीलाई उपचारका लागि भेरी अस्पतालमा ल्याइएको थियो। जसमध्ये हालसम्म ५० जना बिरामी निको भएर डिस्चार्ज हुनुभएको हो।

अस्पतालमा उपचार गराउन ल्याइएकामध्ये एक जनाको अस्पताल पुर्‍याउँदै गर्दा मृत्यु भएको र तीन जनालाई थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको अस्पतालले जनाएको छ। अब भेरी अस्पतालको अर्थोपेडिक वार्डमा ६ जना बिरामीको उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सिएमसीमा महिलाहरूको निःशुल्क क्यान्सर परिक्षण

बालबालिकाको निःशुल्क आँखा परीक्षण गरिने

तरुण दलद्वारा रक्तदान कार्यक्रमको आयोजना

स्वास्थ्य सेवामा स्वास्थ्यकर्मी संवेदनशील हुन आवश्यक: मुख्यमन्त्री कार्की

बाजुरा अस्पतालमा अक्सिजन अभाव

प्रसूति गृहमा मनोस्वास्थ्य ओपिडी र ‘न्यु बर्न स्क्रिनिङ’ सेवा सुरु

अर्थोपेडिक अस्पताललाई रसायन तथा मेडिकल आपूर्ति सङ्घको सहयोग

सिङमा हरियो रङ लगाएका खसीबोका मात्रै खरिद गर्न विभागकाे सुझाव

प्रभावितलाई तत्काल राहत वितरण गर्नुपर्छ: स्वास्थ्यमन्त्री पौडेल

‘विपद्पश्चात् सङ्क्रमणजन्य रोग फैलिएको सूचना आएको छैन – स्वास्थ्य मन्त्रालय

रु १२ करोड लागतमा ट्रमा सेन्टर

डेङ्गुका १४ हजारभन्दा बढी बिरामी