सदाबहार खबरको रफ्तार ....
मंग्सिर १८, २०८० सोमबार
December 4, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सामुदायिक विकासमा टोल विकास समितिको भूमिका महत्वपूर्ण : मन्त्री शर्मा

२०८० मंग्सिर १, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामुदायिक विकासमा टोल विकास समितिको भूमिका महत्त्वपूर्ण रहने बताउनुभएको छ । घोराही उपमहानगरपालिका–१५ स्थित कस्तुरीनगर टोलवासीसँग आज छलफल गर्दै मन्त्री शर्माले हरेक योजना निर्माणदेखि कार्यान्वयन र मूल्याङ्कनसम्ममा टोल विकास समिति लाग्नुपर्नेमा जोड दिनुभयो ।

समुदायको विकासका लागि स्थानीय स्रोतसाधनको प्रयोग गर्दै विकास निर्माणमा सबै मिलेर लाग्नुपर्ने उहाँको भनाइ थियो । मन्त्री शर्माले टोलमा भएका समस्या समाधानका लागि आफूले पहल गर्दै आएको बताउनुभयो । जुनसुकै विकास निर्माणका लागि सबैको साथ र सहयोग आवश्यक रहने भन्दै टोलवासी पनि विकास, निर्माणका विषयमा जागरूक हुनुपर्ने उहाँले धारणा राख्नुभयो ।

विशेष गरी स्थानीयस्तरको विकासको नेतृत्व स्थानीय तहले गर्नुपर्ने बताउँदै मन्त्री शर्माले त्यसका लागि सङ्घ र प्रदेश सरकारको समन्वय आवश्यक रहेको बताउनुभयो । निर्वाचनका क्रममा जनतासँग गरिएका प्रतिबद्धताअनुसार विकास निर्माणका क्षेत्रमा काम गरिरहेको उहाँको भनाइ थियो ।

मन्त्री शर्माले भन्नुभयो, “यहाँको समग्र विकासका लागि अझै पनि धेरै काम गर्न बाँकी छन् । स्थानीयस्तरमा हुने समस्या समाधानका लागि हरपल छु । नागरिक केन्द्रित काम भइरहेका छन् ।” कार्यक्रममा कस्तुरीनगर टोलवासीले आम नागरिकले विकासको प्रत्याभूत गर्ने गरी काम गर्न आग्रह गरेका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सरकार चिनियाँ सहयोग लिन डराएको केपी ओलीको आरोप

बिशेष अदालतका न्यायधिसहरूले लिए पद तथा गोपनीयताको सपथ

अहिलेको सरकार तीन वर्ष नै टिक्छ: देव गुरुङ

मलाई मधेश लागुपदार्थको कारण आक्रान्त छ भन्ने थाहा नै थिएन : मुख्यमन्त्री यादव

कोप–२८ सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

दुर्गा प्रसाईंका स्वकीय सचिव थापालाई स-शरीर उपस्थित गराउन सर्वोच्चको आदेश

कोशी प्रदेशका विनाविभागिय मन्त्रीले पाए जिम्मेवारी

अपाङ्गता अधिकारसम्बन्धी व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा राष्ट्रपतिको जोड

पूर्वप्रधानमन्त्री झलनाथ खनाल र चिनियाँ राजदूतबिच भेटवार्ता

प्रधानमन्त्री प्रचण्डले पत्रकार सम्मेलन गर्दै

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले बाेलाए सर्वदलीय बैठक

कांग्रेस डगमगाउदैनः देउवा