
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौः माओवादी केन्द्रका नेता जनक बर्तौलालाई खुकुरी प्रहार गरेको आरोपमा तीनजना पक्राउ परेका छन् ।
काठमाडौं प्रहरी परिसरको टोलीले उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापाका टेकबहादुर प्रधान तथा बाँकेका शेरबहादुर थारु र आशिष लामिछाने रहेका छन् ।
कात्तिक २२ गते साँझ बर्तौलामाथी नयाँ बानेश्वरस्थित आईप्लेक्स मल अगाडि खुकुरी प्रहार भएको थियो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।