सदाबहार खबरको रफ्तार ....
मंग्सिर १८, २०८० सोमबार
December 4, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

तेल नआएपछि पोखराका अधिकांश पेट्रोल पम्प बन्द

२०८० मंग्सिर १, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पेट्रोलियम पदार्थ आयात नहुँदा पोखराका अधिकांश पेट्रोल पम्पहरु बन्द भएका छन् ।

चाडवाडको समयमा पेट्रोल आयात कम हुँदा पम्पहरु बन्द भएका हुन् । बिहीबारदेखि नै अधिकांश पम्पमा पेट्रोल नभएको सूचना टाँस गरेर सटर तानिएको छ । तिहारमा लगातार सार्वजनिक बिदा परेको र भण्डारण पनि सकिएपछि बन्द गर्न बाध्य भएको व्यवसायीहरुले बताएका छन् ।

तर नेपाल आयल निगमको गगनगौंडा डीपोले आयात र वितरणमा कुनै समस्या नरहेको बताएको छ । ‘पम्पवालाहरुले नै पेट्रोलियम पदार्थ नलगेका हुन् । डीपोमा भण्डारण पर्याप्त छ,’ निगमका सूचना अधिकारी श्रीधर लामिछानेले भने, ‘उहाँहरुले मागेजति दिएका छौं । उहाँहरुले नै कम माग गर्नुभएको हो ।’

उनका अनुसार शुक्रबार ३ लाख ३९ हजार लिटर पेट्रोलियम पदार्थ वितरण गरिएको छ । ‘मूल्य घट्छ कि भनेर कम तेल लगेका हुन् । तीन दिन लगातार बिदाका कारणले पनि पम्पहरु बन्द भएको हो,’ उनी भन्छन्, ‘मुख्य सहरमा मात्रै बन्द भएको छ । अन्यत्र समस्या छैन ।’ उनले बिस्तारै लयमा आउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भीरवाट लडेर दार्चुलामा एक महिलाको मृत्यु

उत्तरी गोरखाको सिर्दीबासमा खच्चडबाट चामल ढुवानी

नेपाल–भारत सीमा स्तम्भहरुको मर्मत सुरु

सुन्तला उत्पादनमा वृद्धि हुँदा किसान उत्साहित

सुदूरपश्चिम, लुम्बिनी र कर्णालीको पहाडी भेगमा हिमपातसँगै वर्षा

सिरहाको लहानमा साइकल स्टोरमा आगलागी, लाखौंको क्षती

वायुसेवा निगमले अपाङ्गता भएका यात्रुलाई भाडामा छुट दिने

जुवा खेलिरहेको अवस्थामा १५ जना पक्राउ

बोरामा भेटिएका शवकाे भएन पहिचान, चितवन प्रहरीद्वारा स्केच सार्बजनिक

अर्थले प्राधिकरणलाई भन्यो: सडक बत्तीको बक्यौता पालिकाबाटै लिनु

गएरातीदेखी अवरुद्ध कोशी राजमार्ग सञ्चालनमा

अपाङ्गताबारे ऐन, कानुनको प्रभावकारी कार्यान्वयनमा समस्या