
काठमाण्डौंः नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा शेखर कोइरालाले राजनीतिक स्थायित्वका लागि कोशी प्रदेशमा सहमतीय सरकार आवश्यक रहेको बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नेकपा एमाले सहितको सहमतीय सरकारका लागि आफूले पहल गरिरहेको बताउनुभयो ।
राजनीतिक दलहरूका कारण जनतामा नैराश्यता छाएको उल्लेख गर्नुहुँदै उहाँले विकास र संवृद्धिका लाग दलहरू मिलेर अघि बढ्नुपर्ने बताउनुभयो ।
सरकारले आफूलाई सुधार्दै अघि बढ्नुपर्ने उहाँको भनाई थियो ।
गणतन्त्र आफैँमा राम्रो व्यवस्था भएका बताउँदै नेता कोइरालाले व्याप्त भ्रष्टाचार र दण्डहीनताका कारण गणतन्त्रमाथि नै जनताले प्रश्न चिन्ह लगाउन थालेकाले जनताको मन जित्ने गरी सरकार र राजनीतिक दलहरूले काम गर्नुपर्ने बताउनुभयो ।