सदाबहार खबरको रफ्तार ....
मंग्सिर १८, २०८० सोमबार
December 4, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

एसईईमा सहभागी हुन कक्षा ९को रजिष्ट्रसन फारम मंसिर मसान्त भित्र भरिसक्नुपर्ने

२०८० मंग्सिर १, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा समावेश हुनका लागि रजिष्ट्रेशन फाराम खुला गरेको छ ।

सबै विद्यार्थीले कार्तिक २४ गतेदेखि मंसिर मसान्त भित्र नियमित शुल्कमा र पुस १ गतेदेखि १५ गते भित्र विलम्ब शुल्क आवेदन फारम भर्नु पर्ने बोर्डले सूचना जारी गरेको छ ।

शैक्षिक सत्र २०८० मा कक्षा ९ मा साधारण, परम्परागत (संस्कृत, वेदविद्याश्रम, गुरुकुल, मदर्सा, गोन्पा र प्राविधिक धारतर्फ नियमित रुपमा अध्ययनरत विद्यार्थीहरूले २०८१ सालको एसईईमा समावेश हुनका लागि रजिष्ट्रेशन फाराम भर्न बोर्डले सूचित गरेको छ ।

सबै विद्यार्थी, विद्यालय, स्थानीय तहका शिक्षा महाशाखा शाखा, शिक्षा विकास तथा समन्वय इकाइ, बोर्डका प्रदेश तथा शाखा कार्यालय र शिक्षा विकास निर्देशनालयको जानकारीका लागि निर्देशन दिएको छ ।

विद्यालयहरूमा हाल कक्षा ९ मा अध्ययनरत सबै विद्यार्थीहरूका लागि हाल कक्षा ९ मा नियमित विद्यार्थीको रुपमा अध्ययनरत साधारण परम्परागत र प्राविधिक धारतर्फ समेतका विद्यार्थीहरूले अङ्काङ्कन पद्धतिमा कक्षा ८ वा सो सरहको वार्षिक परीक्षा उत्तीर्ण भएको हुनुपर्ने सूचनामा उल्लेख छ ।

साथै अक्षराङ्कन पद्धति (२०७२ २०७७) का हकमा अनिवार्य विषयहरूमा न्यूनतम डी प्लसग्रेड र २०७८ र २०७९ सालमा न्यूनतम डी ग्रेड प्राप्त ग्रेडसिटलगायतका प्रमाणपत्र आवश्यक पर्ने सूचनामा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मिन्डानाओ स्टेट विश्वविद्यालयमा विस्फोट हुँदा चार जनाको मृत्यु

‘स्वास्थ्य विज्ञान विश्वविद्यालयको पूर्वाधार यसै वर्ष पूरा हुन्छ’ : शिक्षा राज्यमन्त्री प्रमिला कुमारी

काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको ‘द लण्डन कलेज’ सञ्चालनमा

प्रादेशिक गुरुकुल विद्यालय भवन बनाउन महायज्ञ

गणेश माविमा प्लस टु सञ्चालनका लागि चन्दा सङ्कलन अभियान

गरुवा आधारभूत विद्यालयका विद्यार्थी बोकेको बस ब्रेक फेल भएर दुर्घटना

स्कुल बसको ठक्करबाट २ जनाको मृत्युपछी स्थानीयले लगाए बसमा आगो

तेह्र विद्यार्थी पढाउन छ जना शिक्षक

चिया प्रविधिको पढाइ सुरु

भूकम्पको भय, अझै सहज हुन सकेन पठनपाठन

बैग्लौरका स्कुलहरू बमले उडाउने धक्की, बम डिस्पोजल टोली स्कुलमा

स्नातकोत्तर तहमा नेपाली र अङ्ग्रेजी विषय पढ्न मापदण्ड परिवर्तन