सदाबहार खबरको रफ्तार ....
मंग्सिर १८, २०८० सोमबार
December 4, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

दक्षिण एसियाली कराँते च्याम्पियनसिप मंसिरको तेस्रो सातादेखि

२०८० मंग्सिर २, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः सातौँ दक्षिण एसियाली कराँते च्याम्पियनसिप आउँदाे मंसिरको तेस्रो हप्तादेखि शुरु हुने भएको छ ।

नेपाल कराँते महासङ्घको आयोजनामा आउँदाे मंसिर १६ गतेदेखि ६ राष्ट्रले प्रतिस्पर्धा  गर्ने दक्षिण एसिया कराँते च्याम्पियनसिप हुन लागेको हो । यस किसिमको च्याम्पियनसिप २५ वर्षपछि आयोजना गर्न लागेकाले यो आयोजनाले नेपाली कराँतेको गरिमा अझ बढाउने आयोजकको विश्वास छ ।

महासङ्घले शुक्रवार पत्रकार सम्मेलन आयोजना गर्दै च्याम्पियनसिपबारे जानकारी दिएको हो । नेपालसहित बङ्लादेश, भुटान, भारत, पाकिस्तान र श्रीलङ्काले दुईदिने च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने महासङ्घका अध्यक्ष युवराज लामाले जानकारी दिनुभयो ।

प्रतिबन्धमा रहेकाले श्रीलङ्काको भने एनओसी टिम सहभागी हुने जनाइएको छ । च्याम्पियनसिपमा क्याडेट, जुनियर, यू–२१ र सिनियरमा गरी चार विधामा कुल तीन सय ५३ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । महासङ्घका महासचिव दावा गुरुङले कुल ६२ स्वर्णका लागि प्रतिस्पर्धा हुने जानकारी दिनुभयो । यस क्रममा क्याडेटमा १२, जुनियरमा १५, यू–२१ मा १६ र सिनियरमा १९ स्पर्धामा खेल हुनेछ । नेपालबाट भने ६८ खेलाडीले सबै स्पर्धामा प्रस्तुति दिने भएका छन् ।

नेपाली खेलाडीको प्रशिक्षणका लागि ६ प्रशिक्षक र दुई व्यवस्थापकको व्यवस्था गरिएको छ । गोकर्णेश्वरमा रहेकाे शङ्खडोल कराँते एकेडेमीमा कुमुते टोली र बौद्ध डोजामा काता टोलीले तयारी गरिरहेका छन् ।

महासङ्घका अध्यक्ष लामाले प्राविधिक रूपमा यो प्रतियोगिता आयोजना गर्नुपर्ने बङ्लादेशले प्रस्ताव नै नगरेकाले नेपालले आयोजनाका लागि प्रस्ताव गरेकोमा एसियाली कराँते महासङ्घ(एकेएफ) ले स्वीकृति दिएको जानकारी दिनुभयो । एकेएफ र राखेपबाट स्वीकृति पाएको प्रतियोगितालाई विश्व कराँते महासङ्घ (डब्लूकेएफ) र नेपाल ओलम्पिक कमिटीले पनि मान्यता दिएको कराँते महासङ्घले जनाएको छ ।

च्याम्पियनसिपका खेलहरू त्रिपुरेश्वरमा रहेकाे राखेपको कभर्ड हलमा हुनेछ । आयोजकले प्रतियोगिता सञ्चालन गर्न करिब एक करोड १० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । प्रतियोगिताअघि मंसिर १२ गतेदेखि एकेएफ रेफ्री सेमिनार सातदोबाटोमा रहेकाे कराँते एकेडेमी हलमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भारतले दियो अष्ट्रेलियालाई १ सय ६१ रनको लक्ष्य

युरोकप २०२४ को ड्र, कुन देश कुन समुहमा परे ?

स्पेनिस ला लिगा : डियाज र रोड्रीगोको गोलमा रियल म्याड्रिड विजयी

ईङलिश प्रिमियर लिग : न्यूक्यासलसँग म्यानचेस्टर युनाइटेड १-० गोलले पराजित

सुपर लिगमा आज दुईवटा खेल हुदैँ

साउदी प्रो लिग : अल नासरमाथि अल हिलालको जित

नेपाल सुपर लिगमा धनगढी र ललितपुरले गोल रहित बराबरी खेले

रोहित र कोहलीविनै भारतले जित्यो अष्ट्रेलियाविरूद्ध टी-२० सिरिजको उपाधि

एनएसएलमा आज ‘डबल हेडर’ : झापा र पोखरा तथा धनगढी र ललितपुर भिड्ने

प्रहरी कप: नक्साल हेडक्वाटरलाई हराउँदै पोखरा प्रहरी बिजयी

एनएसएल: वीरगन्जमाथि चितवनको २-१ को जित

सुपर लिग: बिरगञ्ज र चितवन भिडदैँ