सदाबहार खबरको रफ्तार ....
मंग्सिर २२, २०८० शुक्रबार
December 8, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेपाल एअरलाइन्सलाई राष्ट्रिय ध्वजावाहक सम्मान

२०८० मंग्सिर २, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) ले उत्कृष्ट राष्ट्रिय ध्वजावाहक सम्मान पाएको छ । भारतको मुसाफिर मिडिया हबले भारतमा उडान भर्ने अन्तर्राष्ट्रिय एअरलाइन्समध्ये सन् २०२३ को लागि वायुसेवा निगमलाई उत्कृष्ट राष्ट्रिय ध्वजावाहक सम्मानको लागि छनोट गरेको हो ।

भारतको मुसाफिर ट्राभल टुरिजम क्षेत्रमा लामो समयदेखि टुरिजम ब्रान्डिङ तथा प्रचारप्रसार गर्दै आएको कम्पनी हो ।  निगमका अनुसार गएकाे कात्तिक ३० गते (नोभेम्बर १५) मा भारतको राजधानी नयाँदिल्लीमा आयोजित एक कार्यक्रममा सम्मानकाे घोषणा गरिएको थियो । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले प्राप्त सम्मानले अझै जिम्मेवारीपूर्वक निगमको सेवालाई प्रभावकारी बनाउन प्रेरणा मिलेको बताउनुभयो।

उहाँले निगमको सेवा तथा गुणस्तर अन्तर्राष्ट्रियस्तरको भएको र यसको वृद्धिमा लगातार प्रयास भइरहेको कुरा प्राप्त सम्मानले पुष्टि गरेको दाबी गर्नुभयो ।  निगमले अहिले अन्तर्राष्ट्रियतर्फ चार थान वाइडबडी जहाजमार्फत भारतको नयाँदिल्ली, मुम्बई, बेङ्लोर, दुबई, दोहा, दमाम, बैंकक, हङकङ, मलेसिया, जापानलगायत दश गन्तव्यमा उडान गरिरहेको छ ।

त्यसैगरी आन्तरिकतर्फ दुईवटा ट्विनअटर जहाजबाट ताप्लेजुङ, इलाम, भोजपुर, फाप्लु, थाम खर्क, खानिडाँडा, रूकुम, नेपालगञ्ज, हुम्ला, जुम्ला, डोल्पा, बाजुरा, दाङ, रेसुङ्गालगायत १५ गन्तव्यमा उडान गरिरहेको छ ।

दशैँ तिहार जस्ता चाडपर्वमा यात्रुको चाप र आवश्यकतालाई मध्यनजर गर्दै निगमले एउटा जहाज नेपालगञ्जमा राखेर त्यहाँबाट रूकुम, हुम्ला, जुम्ला, डोल्पा, बाजुरा जस्ता दुर्गम क्षेत्रका यात्रुलाई सेवा दिइरहेको निगमले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बर्दिवास : खानेपानी चोरी गरेर नै बर्षौदेखी उधोग संचालन

नेपाल किसान महासंघ बैतडी कार्यसमितिले पायो पूर्णता

४४ लाख चन्दा संकलन योजनासहित मन्दिर पुनर्निर्माण सुरू

स्याङ्जाको एउटै गाउँबाट साढे दुई करोडको बीउ आलु बिक्री

बाँकेको दशगजाका ७१ सीमास्तम्भको मर्मत सुरु

भूमि आयोगद्वारा बन्दीपुरमा जग्गा नापजाँच सुरु

श्रम शोषणमा परेकी महिलाको उद्धार

पाँचसय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र

सतोखरका पुरुष मृत फेला

इन्टरपोलको महासभामा सहभागी भएर प्रहरी महानिरीक्षक स्वदेश फिर्ता

१९ औं संस्करणको लेखनाथ महोत्सव पुुस ५ देखि १६ गतेसम्म हुने

दाङबाट सल्यान जाँदै गरेको ट्रक दुर्घटना