सदाबहार खबरको रफ्तार ....
मंग्सिर १८, २०८० सोमबार
December 4, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

एभरेष्ट ट्रेल रेसको उपाधि सुमन कुलुङ र फुर्वा शेर्पालाई

२०८० मंग्सिर २, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः ११औँ संस्करणको एभरेष्ट ट्रेल रेसको उपाधि पुरुषतर्फ सोलुखुम्बुका सुमन कुलुङ र महिलातर्फ फुर्वा शेर्पाले जितेका छन् ।

६ दिनसम्म चलेको प्रतियोगितामा निर्धारित एक सय ७५ किलोमिटर दूरी कुलुङले २० घण्टा ५६ मिनेट २३ सेकेण्डमा पूरा गरे । यस्तै, महिलातर्फ फुर्वा शेर्पाले २७ घण्टा १७ मिनेट ३७ सेकेण्डमा पूरा गरिन् ।

अन्तिम दिन त्याङ्बोचेबाट लुक्लासम्मको दूरी सुमनले ३ घण्टा १० मिनेट र फुर्वाले चार घण्टा १ मिनेटमा पूरा गरे । प्रतियोगितामा सहभागी १० देशका २९ जना धावकमध्ये १० जना महिला र १९ जना पुरुष थिए । जसमा नेपालका एक महिला र एक पुरुष मात्रै सहभागी थिए ।

पर्यटन वर्ष सन् २०११ देखि एभरेष्ट ट्रेल रेस शुरु भएको हो । अन्नपूर्ण ट्रेक्स एन्ड एक्सपिडिसन र स्पेनको ग्रन्स स्पाइस नामक कम्पनीले संयुक्त रुपमा प्रतियोगिता आयोजना गर्दै आएका छन् । ६ दिनसम्म चल्ने दौडमा निर्धारित १ सय ७५ किलोमिटर दूरीमध्ये ३३ किलोमिटर दूरी उकालो ओरालो मात्रै रहेको छ ।

६ दिनअघि सोलुखुम्बुको पत्ताले धापबाट शुरु भएको दौड पिके डाँडा, जुनबेँसी, थुप्तेनछोलिङ, रिङ्मु, टाक्सिन्दु, खरीखोला, फाक्दिङ, नाम्चे हुँदै फोर्चे पुगेर आज त्याङबोचेबाट लुक्लामा झरेर सकिएको अन्नपूर्ण ट्रेक्स एण्ड एक्सपिडिसन प्रालिका कार्यकारी निर्देशक कामी शेर्पाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भारतले दियो अष्ट्रेलियालाई १ सय ६१ रनको लक्ष्य

युरोकप २०२४ को ड्र, कुन देश कुन समुहमा परे ?

स्पेनिस ला लिगा : डियाज र रोड्रीगोको गोलमा रियल म्याड्रिड विजयी

ईङलिश प्रिमियर लिग : न्यूक्यासलसँग म्यानचेस्टर युनाइटेड १-० गोलले पराजित

सुपर लिगमा आज दुईवटा खेल हुदैँ

साउदी प्रो लिग : अल नासरमाथि अल हिलालको जित

नेपाल सुपर लिगमा धनगढी र ललितपुरले गोल रहित बराबरी खेले

रोहित र कोहलीविनै भारतले जित्यो अष्ट्रेलियाविरूद्ध टी-२० सिरिजको उपाधि

एनएसएलमा आज ‘डबल हेडर’ : झापा र पोखरा तथा धनगढी र ललितपुर भिड्ने

प्रहरी कप: नक्साल हेडक्वाटरलाई हराउँदै पोखरा प्रहरी बिजयी

एनएसएल: वीरगन्जमाथि चितवनको २-१ को जित

सुपर लिग: बिरगञ्ज र चितवन भिडदैँ