सदाबहार खबरको रफ्तार ....
मंग्सिर १८, २०८० सोमबार
December 4, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

धनगढीमा आगलागी, लाखौँ मूल्य बराबरको समान जलेर नष्ट

२०८० मंग्सिर २, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः धनगढी उपमहानगरपालिका–१ मुख्य बजारमा रहेको सारथी अस्पताल प्रालि र सँगै जोडिएका पसलमा गए राति आगलागी हुँदा लाखौँ मूल्य बराबरको समान जलेर नष्ट भएको छ । गए राति करिब १ बजे लागेको आगो आज बिहान मात्र निभाइएको थियो ।

अस्पतालसँगै रहेको खाद्य तथा व्यापार कम्पनी लिमिटेडको भवनमा दलबहादुर भण्डारीले सञ्चालन गरेको भण्डारी जनरल स्टोरमा अचानक विद्युत् चुहावट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदीप चन्दले जानकारी दिए । आगो लागेपछि अस्पतालमा भर्ना भएका बिरामीलाई अन्य अस्पतालमा पठाइएको छ ।

आगलागीबाट सारथी अस्पतालसहित भण्डारीको भण्डारी जनरल स्टोर, टेकेन्द्र शर्माको मधुमाला बेबी सपगोदाम, वासुदेव भट्टको भट्ट सपिङ सेन्टर, जगतबहादुर बलायरको सुभिक्षा देवी सपिङ सेन्टर, यशोदा साउदको न्यू सदिक्षा इन्टर प्राइजेज, गौरी भण्डारीको भण्डारी सु सेन्टर, जानकी भट्टको भट्ट ट्रेडर्स एण्ड सप्लायर्समा रहेको मालसामान जलेर नष्ट भएको छ ।

धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र पुनर्वास नगरपालिकाका चारवटा दमकलको सहायतामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको प्रयासमा आगो निभाइएको छ । आगलागीबाट पुगेको क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भीरवाट लडेर दार्चुलामा एक महिलाको मृत्यु

उत्तरी गोरखाको सिर्दीबासमा खच्चडबाट चामल ढुवानी

नेपाल–भारत सीमा स्तम्भहरुको मर्मत सुरु

सुन्तला उत्पादनमा वृद्धि हुँदा किसान उत्साहित

सुदूरपश्चिम, लुम्बिनी र कर्णालीको पहाडी भेगमा हिमपातसँगै वर्षा

सिरहाको लहानमा साइकल स्टोरमा आगलागी, लाखौंको क्षती

वायुसेवा निगमले अपाङ्गता भएका यात्रुलाई भाडामा छुट दिने

जुवा खेलिरहेको अवस्थामा १५ जना पक्राउ

बोरामा भेटिएका शवकाे भएन पहिचान, चितवन प्रहरीद्वारा स्केच सार्बजनिक

अर्थले प्राधिकरणलाई भन्यो: सडक बत्तीको बक्यौता पालिकाबाटै लिनु

गएरातीदेखी अवरुद्ध कोशी राजमार्ग सञ्चालनमा

अपाङ्गताबारे ऐन, कानुनको प्रभावकारी कार्यान्वयनमा समस्या