सदाबहार खबरको रफ्तार ....
मंग्सिर १८, २०८० सोमबार
December 4, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रेस युनियनको १५ विभाग गठन, उपाध्यक्ष नकुललाई प्रशिक्षण विभागको जिम्मेवारी (सूचीसहित)

२०८० मंग्सिर २, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः लोकतान्त्रिक पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनले १५ वटा विभाग गठन गरेको छ । प्रेस युनियनका अध्यक्ष शिव लम्सालले युनियनका पदाधिकारीलाई १५ विभागमा संयोजकको जिम्मेवारी तोकेका हुन्।

प्रेस युनियनको विधान २०४८ (छैटौँ संशोधन, २०७९) परिच्छेद ४, धारा २८ बमोजिम युनियनका १५ वटा विभिन्न विभाग गठन गरिएको हो। युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसीले अनुशासन विभागको जिम्मेवारी पाएका छन्।

त्यसैगरी, उपाध्यक्षहरू नकुल अर्यालले प्रशिक्षण, भीष्मराज ओझाले समन्वय, दीपेन्द्र वान्तबाले प्रकाशन तथा प्रचार, सलोजा दाहालले महिला, जीवन भण्डारीले विधागत पत्रकारिता प्रवर्द्धन, माधव अर्यालले आचारसंहिता कार्यान्वयन विभाग संयोजकको जिम्मेवारी पाएका छन्।

त्यसैगरी, उपाध्यक्ष ऋषिकान्त पौडेललाई प्रेस स्वतन्त्रता अनुगमन, डा. मुरारी अधिकारीलाई कानुन, राजेन्द्र कार्कीलाई ट्रेड युनियन प्रवर्द्धन, अनिलकुमार कर्णलाई पत्रकारिता अनुसन्धान, डिल्लीराम खतिवडालाई श्रमजीवी पत्रकार हकहित संरक्षण, प्रेम चुनारालाई दुर्गम तथा पिछडिएको क्षेत्रमा पत्रकारिता प्रवर्द्धन विभाग संयोजकको जिम्मेवारी तोकिएको छ। युनियनका महासचिव दिलीप पौडेल संगठन विभाग प्रमुख र कोषाध्यक्ष माधव धिताल आर्थिक विभाग संयोजकको जिम्मेवारीमा छन्।

विभागका संयोजकहरूले युनियनको विधानको परिधिमा रहेर पत्रकार र पत्रकारिताको विकास, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, लोकतन्त्रको प्रवर्द्धन, युनियनको संस्थागत विकास, संगठनको मूल्य–मान्यता र आदर्शलाई आत्मसात् गर्दै काम गर्ने विश्वास लिएको युनियनका अध्यक्ष लम्सालले बताए। विभागको विस्तार क्रमशः गर्दै लैजाने युनियनका महासचिव दिलीप पौडेलले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

उपप्रधानमन्त्री पूर्णबहादुर खड्का घाना प्रस्थान

सैनिक श्रीमती सङ्घको सक्रियतामा फरक क्षमताका बालबालिका लक्षित विद्यालय सञ्चालन हुँदै

मंसिर ३० भित्र नागरिक सरकार घोषणा गरी गाउँदेखि केन्द्रसम्म समानान्तर सत्ता बनाउने प्रसाईको घोषणा

आईटी आर्मीको राष्ट्रिय भेला आगामी पुस १४ गतेदेखी

काभ्रेका सात विद्यालयका विद्यार्थीलाई ‘एनसिसी’ तालिम दिँदै सेना

अनुशासन र देश प्रेमको भावनाबाटै भावी पुस्ता सबल : प्रधानसेनापति शर्मा

एसिड र अन्य अग्निजन्य पीडितलाई फरक ब्याबहार, कानुन बनाउन माग

९ जना नेपाली मजदुर भारतको सेलर मिलमा बन्धक, काम लगाइ दिने एजेन्ट फरार

सडकले अनुमति नदिँदा विद्युतीय तार भूमिगत गर्ने काम बेवारिसे बन्यो : कार्यकारी निर्देशक घिसिङ

गुल्मीमा सेनाको गण पुनः स्थापना हुने

राष्ट्रपति पौडेलसँग लायन्स इन्टरनेशनलका पदाधिकारीहरूको भेटवार्ता

सेना कर्मचारीलाई तलब खुवाउन सरकारले आन्तरिक ऋण उठाउनु परेकाे छः केपी ओली