
काठमाडौंः चर्चित गायिका, एमाले नेतृ कोमल ओलीलाई मातृ शोक परेको छ ।
उनकी आमा दीपा ओलीको ८२ वर्षको उमेरमा काठमाडौँको अल्का अस्पतालमा आज निधन भएको हो ।
हड्डीसँग सम्बन्धित ओस्टियोपोरोसिस रोगबाट केही समयअगाडि देखि बिमार ओलीको केही साता यता अल्का अस्पतालमा उपचार भइरहेको थियो ।
१९९८ सालमा रोल्पामा जन्मिएकी दीपा ओलीले सङ्कलन गरेको मलमलकिरी जुनकिरी नामको गीतले नै कोमल ओलीलाई गायनमा स्थापित गराएको हो ।
दीपा ओलीको सङ्कलन तथा रचनामा रेडियो नेपाल, म्युजिक नेपाल तथा विभिन्न रेकर्डिङ स्टुडियोमा दुई दर्जनभन्दा बढी गीत रेकर्ड भएका छन् । उनका श्रीमान्, दुई छोरा र दुई छोरी छन् ।