सदाबहार खबरको रफ्तार ....
मंग्सिर २२, २०८० शुक्रबार
December 8, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

लप्सीफेदीमा सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १४ जना पक्राउ

२०८० मंग्सिर २, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः काठमाडौंको शंखरापुर नगरपालिका–३ लप्सीफेदीमा निर्माण हुन लागेको विद्युत् सबस्टेशनको सुरक्षाका लागि प्रहरी पोष्ट राख्न गएको सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार राति चार जना र आज बिहान १० जना गरी १४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

लप्सीफेदी क्षेत्रको सुरक्षाका लागि प्रहरी पोष्ट राख्ने सरकारको निर्णयअनुसार शुक्रबार साँझ प्रहरी पोष्ट स्थापना गर्न गएका प्रहरीमाथि स्थानीयले ढुंगामुढा गरेका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी)कुमोध ढुंगेलका अनुसार आक्रमणबाट केही प्रहरी घाइते भएका छन् ।

प्रहरीले स्थानीय जयमान वाइबा, सूर्यमान तामाङ, सुकबहादुर वाइबा, हर्कबहादुर तामाङ, तुलाराम तामाङ, अशोक तामाङ, दिपक तामाङ, मानबहादुर तामाङ, राजमान तामाङ, अन्जु तामाङ, माइली तामाङ, सन्यमाया तामाङ, माया तामाङ र अञ्जी तामाङलाई नियन्त्रणमा लिएको एसपी ढुंगेलले जानकारी दिए ।

नेपाल विद्युत प्राधिकरणले शंखरापुर नगरपालिका–३ स्थित बोझेनीमा तामाकोशी तथा सुनकोशी नदी र तिनीहरूका सहायक खोलाहरूमा निर्माण भएका तथा हुने जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन र स्थानीय रूपमा आपूर्तिका लागि ४००/२२०/१३२/११ केभी सबस्टेसन निर्माण गर्न लागिरहेको छ ।

सबस्टेसन निर्माणका लागि आवश्यक पर्ने सबस्टेसनका लागि ५० जना जग्गाधनीहरूको करिब एक सय ७४ रोपनी जग्गा अधिग्रहण गरिएको छ ।

जग्गा अधिग्रहणका लागि २०७४ जेठमा सार्वजनिक सूचना प्रकाशित गरी सोही वर्षको माघमा मुआब्जा तथा क्षतिपूर्ति रकम निर्धारण गरिएको थियो । जग्गाधनीहरूले मुआब्जा तथा क्षतिपूर्ति रकम राजीखुसीले बुझिसकेका छन् । मुआब्जा तथा क्षतिपूर्तिबापत करिब ५० करोड रुपैयाँ वितरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

महिलाको चरित्र हत्या गर्ने एक जना पक्राउ

क्यासिनो प्रवेश गर्न नेपालीलाई भारतीय आधार कार्ड बनाइदिने तीनजना पक्राउ

चोरी गरेको आराेपमा तीनजना पक्राउ

धनगढीमा स्कारपियोसहित २३ लाखको अवैध सामान बरामद

बेलायती सशस्त्र गिरोहका नेता टर्कीबाट पक्राउ

श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

न्युरोडबाट अवैध ८ किलो सुन बरामद, सुन पसलका सञ्चालक पक्राउ

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

पाँच किलो चाँदीजस्तो देखिने धातुसहित तीनजना पक्राउ

दार्चुलामा जेठाजुबाटै बुहारीमाथि कुटपिट

खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ

महिला हत्या आरोपमा चारजना पक्राउ