सदाबहार खबरको रफ्तार ....
मंग्सिर १८, २०८० सोमबार
December 4, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कतारमा कवि क्षेत्रीको एकल कविता वाचन

२०८० मंग्सिर २, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः कतारको राजधानी दोहामा कवि कृसु क्षेत्रीको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औँ जन्मजयन्तीको अवसरमा गैर आवासीय नेपाली सङ्घ कतार, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार, नवोदित साहित्यिक वाचनालय कतार र सन्ध्या ग्रुप अलखोरको संयुक्त आयोजनामा शुक्रबार क्षेत्रीको एकल कविता वाचन कार्यक्रम आयोजना गरिएको हो ।

महाकवि देवकोटाको तस्वीरमा माल्यार्पण गरी आरम्भ भएको उक्त कार्यक्रममा कवि क्षेत्रीले आफ्ना नयाँ तथा पुराना गरी एक दर्जन कवितामार्फत समसामयिक घटना र प्रवासको जीवनको चित्रण गरेका थिए । कवि, गजलकार एवं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतारका अध्यक्ष लेख कार्कीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा गैर आवासीय नेपाली सङ्घ कतारका अध्यक्ष रमेश भट्टलगायत विभिन्न सङ्घ संस्थाका प्रतिनिधि सहभागी रहेका थिए । कार्यक्रमका सभापति लेख कार्कीले विभिन्न देशमा कुटनीतिक जिम्मेवारी सम्हाल्दै कवि क्षेत्रीले नेपाली भाषा साहित्यमा योगदान दिएको उल्लेख गरे ।

गैरआवासीय नेपाली सङ्घ कतारका अध्यक्ष भट्टले साहित्यकार क्षेत्रीको एकल वाचन कार्यक्रमबाट नेपाली भाषा साहित्यमा टेवा पुगेको बताए । सो अवसरमा कवि क्षेत्रीलाई सम्मानित गरिएको आयोजक संस्थाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

टोरन्टोमा युवराज भण्डारीका दुई कृति विमोचन

रश्मि, आँचल र अविनाशले मुशायरा तताउँदै

मंजुल र प्रेरणालाई दक्षिण एसियाली साहित्य पुरस्कार

आर्टुडियोले सार्वजनिक गर्‍यो ‘स्ट्रिट आर्ट नेपाल’ पुस्तक

विष्णु सापकोटाको उपन्यास ‘अडिएका पाइला’ लोकार्पण

खनालको कथाको संगालो ‘बाबा मेरो पीआर आयो’ लोकार्पण

प्रतिमाको मुक्तककृति ‘प्रवासी मन’ सार्वजनिक

वक्तृत्वकला प्रतियोगितामा रेश्मा गैरे प्रथम

‘सरुभक्तका मुक्तक’ लोकार्पण

साहित्यकार एसपी आशाको ८० वर्षमा निधन

वरिष्ठ बाल साहित्यकार शान्तदास मानन्धरको निधन

महाकवि देवकोटालाई मानवतावादी कविका रुपमा स्मरण