
काठमाडौंः नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले काठमाडौंको लब्सिफेदीमा राखिएको सशस्त्र प्रहरीको बेस क्याम्प हटाउन माग गरेको छ । शनिबार नेकपा उपत्यका व्युरोले प्रेस विज्ञप्ति जारी गर्दै सशस्त्र प्रहरीको बेस क्याम्प र प्रहरीको पोस्ट हटाउन माग गरेको हो ।
नेकपा पोलिब्युरो सदस्य तथा उपत्यका व्युरा ईन्चार्ज कृति सीले शनिबार एक विज्ञप्ति जारी गर्दै एमसीसीका विरुद्धमा लडिरहेका लब्सिफेदीका जनताको भावनामाथि चोट पुग्ने गरी राखिएका पोस्टहरू हटाउन सरकारसँग माग गरेका हुन् । ‘अमेरिकी सहयोग परियोजना एमसीसीको सबस्टेशन राख्ने भनिएको काठमाडौंको लब्सिफेदीमा सरकारले जबरजस्त सशस्त्र प्रहरीको बेस क्याम्प र प्रहरीको पोस्ट राखेको घटनाप्रति हाम्रो गम्भीर रुपमा ध्यानाकर्षण भएको छ ।’