सदाबहार खबरको रफ्तार ....
मंग्सिर १८, २०८० सोमबार
December 4, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

बैतडीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु, पाँच घाइते

२०८० मंग्सिर २, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बैतडीको दोगडाकेदारमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

कालागाउँबाट सिल्लेगडातर्फ आउँदै गरेको से १ ज ६०३ नम्बरको जीप आज दोगडाकेदार–३ घोडेधारनजिकै दुर्घटनामा परेको हो।

दुर्घटनामा दोगडाकेदार–८ कालागाउँका ३५ वर्षीय अम्मर विष्टको मृत्यु भएको खोचलेक प्रहरीचौकीका इञ्चार्ज नवलसिंह भाटले जानकारी दिए। विष्टको घटनास्थलमै मृत्यु भएको थियो।

यस्तै, कालागाउँकै ३० वर्षीया कलावती विष्ट, सोही ठाउँका ४५ वर्षीया हिरा विष्ट, चार वर्षीय रियाग विष्ट, सात वर्षीया सुशीला विष्ट र ६० वर्षीय पद्म विष्ट घाइते भएका छन्।

घाइतेमध्ये कलावती र हिराको अवस्था गम्भीर रहेको बैतडी प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

गम्भीर घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ भने अन्यको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भीरवाट लडेर दार्चुलामा एक महिलाको मृत्यु

उत्तरी गोरखाको सिर्दीबासमा खच्चडबाट चामल ढुवानी

नेपाल–भारत सीमा स्तम्भहरुको मर्मत सुरु

सुन्तला उत्पादनमा वृद्धि हुँदा किसान उत्साहित

सुदूरपश्चिम, लुम्बिनी र कर्णालीको पहाडी भेगमा हिमपातसँगै वर्षा

सिरहाको लहानमा साइकल स्टोरमा आगलागी, लाखौंको क्षती

वायुसेवा निगमले अपाङ्गता भएका यात्रुलाई भाडामा छुट दिने

जुवा खेलिरहेको अवस्थामा १५ जना पक्राउ

बोरामा भेटिएका शवकाे भएन पहिचान, चितवन प्रहरीद्वारा स्केच सार्बजनिक

अर्थले प्राधिकरणलाई भन्यो: सडक बत्तीको बक्यौता पालिकाबाटै लिनु

गएरातीदेखी अवरुद्ध कोशी राजमार्ग सञ्चालनमा

अपाङ्गताबारे ऐन, कानुनको प्रभावकारी कार्यान्वयनमा समस्या