सदाबहार खबरको रफ्तार ....
मंग्सिर १८, २०८० सोमबार
December 4, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

‘बुद्धले देखाउनुभएको शान्ति र शिक्षा अँगाल्नुको विकल्प छैन’ : मुख्यमन्त्री पाण्डे

२०८० मंग्सिर २, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विभिन्न जातजाति, धर्म र संस्कृतिमा धनी नेपालमा बुद्धले देखाउनुभएको शान्ति र शिक्षाको मार्गलाई अँगाल्दै अगाडि बढ्नुको विकल्प नभएको बताउनुभएको छ ।

बैदाम तामाङ सेवा समाजद्वारा पोखरा–६ को खहरेमा निर्माण गरिएको पेमा धेछेनलिङ गुम्बाको आज उद्घाटन गर्दै उहाँले अन्तिम सत्य शान्ति भएको विचार राख्नुहुँदै बुद्धले दिनुभएको सन्देश विश्वभर फैलिएको बताउनुभयो ।

नयाँ पुस्तालाई संस्कार, संस्कृतिका साथै रीतिरिवाज हस्तान्तरण गर्दै सयौँ वर्षदेखि कायम सामाजिक सद्भाव अझ बलियो बनाउन आवश्यक भएको उहाँको भनाइ थियो । “बुद्धले विश्वमा जसरी शान्तिको सन्देश फैलाउनुभयो, त्यसरी नै हामी सबै नेपालीले शान्तिको बाटो अँगाल्दै अगाडि बढ्नुको विकल्प छैन”, उहाँले भन्नुभयो ।

रु दुई करोड ७५ लाखको लागतमा निर्माण गरिएको गुम्बामार्फत विदेशी तथा स्वदेशी पर्यटकको बसाइ लम्ब्याउने विश्वास लिइएको बताउँदै मुख्यमन्त्री पाण्डेले यसै गुम्बामा हुने बुद्ध मार्गका प्रवचनले विश्वमा शान्तिको सन्देशसमेत पुग्ने बताउनुभयो ।

गुम्बामा मङ्सिर २ देखि ९ गतेसम्म प्रज्ञा पारा मिता त्रिपिटक कङ्ग्युर वाचन, विश्व शान्ति पूजा, गुम्बाको प्राण प्रतिष्ठा लगायतका पवित्र काम हुने छ । देश विदेशबाट जम्मा हुनुभएका एक सय आठ लामा धर्मगुरुले लगातार आठ दिनसम्म कङ्ग्युर पाठ पूजा गर्नुहुनेछ । सो गुम्बामा २८ फिट अग्लो अमिताभ बुद्धको प्रतिमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सरकार चिनियाँ सहयोग लिन डराएको केपी ओलीको आरोप

बिशेष अदालतका न्यायधिसहरूले लिए पद तथा गोपनीयताको सपथ

अहिलेको सरकार तीन वर्ष नै टिक्छ: देव गुरुङ

मलाई मधेश लागुपदार्थको कारण आक्रान्त छ भन्ने थाहा नै थिएन : मुख्यमन्त्री यादव

कोप–२८ सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

दुर्गा प्रसाईंका स्वकीय सचिव थापालाई स-शरीर उपस्थित गराउन सर्वोच्चको आदेश

कोशी प्रदेशका विनाविभागिय मन्त्रीले पाए जिम्मेवारी

अपाङ्गता अधिकारसम्बन्धी व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा राष्ट्रपतिको जोड

पूर्वप्रधानमन्त्री झलनाथ खनाल र चिनियाँ राजदूतबिच भेटवार्ता

प्रधानमन्त्री प्रचण्डले पत्रकार सम्मेलन गर्दै

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले बाेलाए सर्वदलीय बैठक

कांग्रेस डगमगाउदैनः देउवा