सदाबहार खबरको रफ्तार ....
मंग्सिर १८, २०८० सोमबार
December 4, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

हिँडिरहेको व्यक्तिमाथि खुकुरी प्रहार गर्ने तीन जना पक्राउ

२०८० मंग्सिर २, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दाङमा हिँडिरहेको एक युवकमाथि खुकुरी प्रहार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले दाङको घोराहीबाट तीन जनालाई पक्राउ गरेको हो । खुकुरी प्रहार गरी फरार भएका तीनै जनालाई घोराही उपमहानगरपालिका–९ तेघरामा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी सुशिल थापामगरले जानकारी दिए।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–९ का २४ वर्षीय शैलेश शाह, घोराही–१५ का २५ वर्षीय मिस्चल बुढामगर र घोराही–१५ कै २५ वर्षीय नवराज श्रेष्ठ रहेका छन्।

उनीहरूले घोराही उपमहानगरपालिका–१५ गोरखा हस्पिटल रोड नजिकै हिँडिरहेको अवस्थामा घोराही–१५ का २१ वर्षीय कृतिक बुढामगरलाई खुकुरी प्रहार गरेर गम्भीर घाइते बनाएका थिए।

गम्भीर घाइते कृतिकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको भए पनि त्यहाँ पनि उपचार सम्भव नभएपछि अहिले काठमाण्डौको मेडिसिटी अस्पतालमा उपचार भैरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

धादिङमा श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

गाजासहित पालुङमा एक युवा पक्राउ

ठूलो परिमाणमा अफिम र चरेससहित पति–पत्नी पक्राउ

ठूलो परिमाणमा लागूऔषधसहित एक दम्पती पक्राउ

श्रोत नखुलेको नेपाली रुपैयाँसहित एक जना नियन्त्रणमा

बुवाको हत्या गरेको अभियोगमा ३५ वर्षीय रुपेश पक्राउ

दाेलखामा गाेली लागेर युवकको मृत्यु, ६ जना पक्राउ

११ केजी सुन तस्करीमा संलग्न ९ जनालाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश

सक्कली प्रहरीको फन्दामा नक्कली प्रहरी

टिकट चोरीको घटनामा थप एक जना पक्राउ

कटुवा पेस्तोल सहित धनुषामा एकजना पक्राउ

बाबुको हत्या गर्ने छोरा पक्राउ