सदाबहार खबरको रफ्तार ....
मंग्सिर १८, २०८० सोमबार
December 4, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

मदन पुरस्कार विजेता ओझालाई गृहनगरमा भव्य सम्मान

२०८० मंग्सिर २, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मदन पुरस्कार विजेता ऐंठन उपन्यासका लेखक विवेक ओझाले मदन पुरस्कारले आफूलाई पूणर्कालीन लेखक बन्न मार्ग प्रशस्त गरेको बताएका छन् ।

ओझाको गृहनगर टीकापुरमा डल्फिन मिडिया प्रालिद्वारा सञ्चालित हाम्रोपत्र डटकमले आयोजना गरेको सम्मान कार्यक्रममा उक्त कुरा बताएका हुन्।

‘नेपालमा लेखेरै जीवन निर्वाह गर्न कठिन भइरहेको अवस्थामा ऐंठनले पाठकबाट प्रशस्त माया, स्नेह पाएको छ। मदन पुरस्कार प्राप्त गरिसकेपछि मलाई पूणर्कालीन लेखक नै बन्नका लागि जिम्मेवारी बोध भएको छ,’ उनले भने।

कार्यक्रममा बोल्दै ओझाले नेपालमा भएको परिवर्तन द्वन्द्वले गरेको हो भनिरहँदा द्वन्द्वबाट प्रभावितहरूको पक्षबाट सोच्नुपर्ने बताए।

गृहनगरमा सम्मानित हुँदा उनले खुशी व्यक्त गरे ।

मिडिया प्रालिका अध्यक्ष टोपप्रकाश विकको अध्यक्षतामा भएको कार्यक्रममा ओझालाई सम्मान पत्र, दोसल्लासहित सम्मान गरिएको थियो।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष एवं हाम्रोपत्रका प्रधान सम्पादक योगेश रावलले ऐंठन सशस्त्र द्वन्द्वको एउटा दस्तावेज भएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भीरवाट लडेर दार्चुलामा एक महिलाको मृत्यु

उत्तरी गोरखाको सिर्दीबासमा खच्चडबाट चामल ढुवानी

नेपाल–भारत सीमा स्तम्भहरुको मर्मत सुरु

सुन्तला उत्पादनमा वृद्धि हुँदा किसान उत्साहित

सुदूरपश्चिम, लुम्बिनी र कर्णालीको पहाडी भेगमा हिमपातसँगै वर्षा

सिरहाको लहानमा साइकल स्टोरमा आगलागी, लाखौंको क्षती

वायुसेवा निगमले अपाङ्गता भएका यात्रुलाई भाडामा छुट दिने

जुवा खेलिरहेको अवस्थामा १५ जना पक्राउ

बोरामा भेटिएका शवकाे भएन पहिचान, चितवन प्रहरीद्वारा स्केच सार्बजनिक

अर्थले प्राधिकरणलाई भन्यो: सडक बत्तीको बक्यौता पालिकाबाटै लिनु

गएरातीदेखी अवरुद्ध कोशी राजमार्ग सञ्चालनमा

अपाङ्गताबारे ऐन, कानुनको प्रभावकारी कार्यान्वयनमा समस्या