सदाबहार खबरको रफ्तार ....
मंग्सिर २२, २०८० शुक्रबार
December 8, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अमेरिका र मेक्सिकोका राष्ट्रपति बीच अमेरिका-मेक्सिको आप्रवासन बारे छलफल

२०८० मंग्सिर २, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिकी राष्ट्रपति जो बाइडेन र मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोर बीच हिजो शुक्रवार अमेरिका-मेक्सिको आप्रवासन बारे छलफल भएको छ । छलफलमा दुई राष्ट्रपति बीच संयुक्त राज्य अमेरिकामा अवैध फेन्टानिल तस्करीको नियन्त्रण गर्न र दुई देशको बीचको सीमामा उत्तरतर्फ जाने आप्रवासीहरूको बढ्दो सङ्ख्यालाई व्यवस्थित गर्न एकसाथ काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

‘मेक्सिको र संयुक्त राज्य अमेरिका सँगै उभिएर सँगै काम गरेमा मेरो विचारमा कुनै पनि कुरा हाम्रो पहुँचभन्दा बाहिर छैन,’ अमेरिकी राष्ट्रपति बाइडेनले भन्नु भएको छ ।

बाइडेनको लोपेज ओब्राडोरसँगको सम्बन्ध कहिलेकाहीँ तनावपूर्ण  बन्ने गरेको छ । केही हदसम्म फेन्टानिल उत्पादन र पत्रकारहरूको हत्या जस्ता विषयहरूमा बाइडेनले मेक्सिकोको आलोचना गर्नु भएको छ ।  लोपेज ओब्राडोर अमेरिकी नेतालाई बेवास्ता गर्न डराएको देखिँदैन ।

अमेरिकाले क्युबा, निकारागुआ वा भेनेजुएलालाई निमन्त्रणा नगरेको हुनाले मेक्सिकोका राष्ट्रपतिले लस एन्जलस शिखर सम्मेलनमा सहभागिता जनाउनु भएन । त्यहाँ आप्रवासनका विषयमा महत्त्वपूर्ण छलफल हुने बताइएको थियो। उहाँले शुरुमा यो वर्षको एपेक सम्मेलनमा सहभागी नहुने बताए पनि अन्त्यमा भने, मन परिवर्तन गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

इरानले अन्तरिक्षमा पठायो जनावर, ९ वर्षपछि मान्छेलाई पनि अन्तरिक्षमा पठाइने

रुसमा मार्च १७ तारिखमा राष्ट्रपति पदका लागि चुनाव हुने

जापानका प्रधानमन्त्री किशिदाले सत्तारुढ दलको नेताबाट राजीनामा दिने

संयुक्त राष्ट्रका महासचिवद्वारा गाजामा मानवीय विपत्ति रोक्न आग्रह

पेरुका पूर्व राष्ट्रपति फुजिमोरी रिहा

गाजामा ‘मानवीय प्रकोप’ अन्त्य गर्न कतार र साउदी अरेबियाको आह्वान

इजरायलले बम खसाल्ने त्रासले बढ्यो गाज्योः हमासका बन्दीहरू

अमिर खान फसे २४ घन्टासम्म चक्राबत मिचुआङमा, रेस्क्यु टाेलीले गर्याे उद्दार

गाजामा मारिनेको संख्या १५ हजार ९ सय नाघ्यो

गाजामा इजरायलले ‘नरसंहार गर्‍यो: कतार

इजरायली सेनाद्वारा गाजास्थित जबलिया शिविर घेराउ

रहेनन् ‘सिआइडी’ का कलाकार दिनेश फडनिस