सदाबहार खबरको रफ्तार ....
मंग्सिर १८, २०८० सोमबार
December 4, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

भारतीय गीतकार समिरलाई काठमाडौंमा अभिनन्दन

२०८० मंग्सिर २, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रसिद्ध भारतीय गीतकार समिर अञ्जानलाई काठमाडौंमा अभिनन्दन गरिएको छ । लुनकरणदास गङ्गादेवी चौधरी साहित्यकला मन्दिर र गीतकार सङ्घ नेपालको संयुक्त आयोजनामा बलिउडका लोकप्रिय गीतकार समिरलाई ‘समिर अभिनन्दन समारोह’मार्फत शनिबार अभिनन्दन गरिएको हो ।

विश्वमा सबैभन्दा बढी गीत लेखेवापत ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा नाम लेखाएका समिरले ६सय ५० भन्दा बढी चलचित्रका लागि चार हजारभन्दा बढी गीत लेखेका छन् ।

अभिनन्दन समारोहमा गीतकार समिरले प्रकृतिको अनुपम सुन्दर देश, पशुपतिनाथको यस भूमिमा आएर सम्मानित हुन पाउँदा आफू निकै प्रफुल्लित भएको बताए । हिमाल र पहाडबीचबाट काठमाडौं उत्रिने क्रममा एउटा गीत फुरेको अनुभूति सुनाउँदै नेपालबाट आफूले धेरै सिकेर जाने उनको भनाइ थियो ।

काठमाडौं उत्रनु अगाडि हिमालको सुन्दर दृश्य हेर्दै एउटा गीत रचना गरिसकेको बताउँदै गीतकार समिरले सो गीतलाई नेपालमा अत्यधिक मन पराउने र नेपालका लागि धेरै लेख्ने बाचा पनि गरे।

गीतकार समीर व्यवसायी वसन्त चौधरीको निमन्त्रणामा पहिलो पटक नेपाल आएका हुन् ।

अहिलेसम्म आफूले धेरै सम्मान पाएको तर जसले गीतकारको पीडा दुःख बुझेको छ उसकै सम्मान पाउँदा खुसी महसूस गरेको भन्दै उनले गीतकार सङ्घ नेपाललाई धन्यवाद दिए ।

सो अवसरमा गीतकार तथा साहित्यकार वसन्त चौधरीले समिर अन्जानको नाम साङ्गितिक क्षेत्रमा निकै चर्चित रहेको उल्लेख गर्दै हिन्दी चलचित्र र गीत मनपराउने सबैले उहाँलाई मन पराउने धारणा राखे ।

यस्तै, गीतकार सङ्घ नेपालका अध्यक्ष वसन्त बित्यासी थापाले सङ्घले विभिन्न समयमा गीतकारको सम्मान गर्दै आएको भन्दै यसपटक समिर अन्जानलाई अभिनन्दन गर्ने अवसर प्राप्त भएको र सो अवसरका लागी लुनकरणदास गङ्गादेवी चौधरी साहित्यकला मन्दिरलाई धन्यवाद दिए ।

गीतकार समिरका ‘परदेशी परदेशी’, ‘तुम पास आए’, ‘मेरा दिल भी कितना पागल हे’, ‘कभी खुसी कभी गम’, ‘मुझे निन्द ना आए’, ‘तुम दिलकी धडकन मे’ लगायतका गीत लोकप्रिय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सिंघम अगेनको सुटिङमा अजय देवगन घाइते

हाउसफूल-५ अब जुन २०२५ मा रिलिज हुने

भुलभुलैया सिक्वेल-३ मा कार्तिक आर्यन कन्फर्म, तब्बुद्वारा अस्विकार

रणवीरको एनिमल क्रेजः बिहान ५ बजे देखी राती २ बजेसम्म शो चलाइयाे

एनिमलले तोडयो शाहरुखको जवानको ‘कलेक्सन् रेकर्ड’

‘मायाबी’को छायांकन सकियो, पल शाहलाई नयाँ उचाई दिने विश्वास

मन्त्री किरातीले सार्वजनिक गरे भिमको पालाम गीत ‘मिम्जिमा ए’

‘एनिमल’को अग्रिम बुकिङ ६ घन्टामा थप आक्रामक, अहिलेसम्म ३ लाख १५ हजार टिकट बिक्री

‘दयारानी’को अर्न्तराष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिजले किन्यो

‘एनिमल’को अग्रिम टिकट २ लाख ५० हजार भन्दा बढी बिक्री, बिहान ७ बजेवाट शाे शुरू हुने

सुनै सुनले सजिएकी बेहुलीसँग बलिउड अभिनेता रणदिप हुड्डाकाे पाेज भाइरल

ट्रेलर रिलिज अगावै प्रभासको सालारको ‘प्लट’ लिक