सदाबहार खबरको रफ्तार ....
मंग्सिर १८, २०८० सोमबार
December 4, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

जुत्तामा कु प्रचार गर्ने कम्पनी विरुद्ध सिआईबीमा उजुरी दिने आचार्य बन्धु समाजको निर्णय

२०८० मंग्सिर २, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः आचार्य बन्धु समाज नेपाल केन्द्रीय समितिको बैठकले आचार्य नाम गरेको जुत्ता उत्पादन गर्ने कम्पनीका विरुद्धमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा कारबाहीका लागि निवेदन दिने निर्णय गरेको छ ।

बाबुराम आचार्यको अध्यक्षतामा काठमाडौँको मध्यबानेश्वरमा बसेको बैठकले आचार्यहरूको मानमर्दन हुने गरी जुत्तामा प्रचार गरिएकोप्रति आपत्ती जनाउदै तत्काल जुत्तामा राखिएको आचार्य थर हटाउन तथा उक्त कम्पनीलाई हदैसम्मको कारबाही गर्न माग गर्ने निर्णय गरेको छ ।

आजको बैठकले जुत्ता बनाउने उक्त कम्पनीलाई प्रहरीले तत्काल कारबाही नगरे अन्य कानुनी प्रक्रिया अपनाउने भन्दै प्रहरीले नै उक्त कम्पनीको गलत कार्यको विरुद्धका अगाडी बढ्न सक्ने हुँदा तत्कालका लागि प्रहरीमा निवेदन दिनु उपयुक्त हुने निर्णय गरेको महासचिव शुभनराज आचार्यले बताए ।

समाजका महासचिव शुभनराज आचार्य, कौडिन्य गोत्रीय महासमाजका बागमती प्रदेश अध्यक्ष एवम् आचार्य बन्धु समाज नेपालका पूर्व केन्द्रीय सदस्य प्रा डा गोविन्द आचार्य, केन्द्रीय सदस्यहरू मनोज आचार्य, एकराज आचार्य, पूर्व केन्द्रीय सदस्य राम राजा आचार्य, अधिवक्ता मुक्ति आचार्यलगायतको उपस्थितिमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

लब्ध प्रतिष्ठित आचार्यहरूबिचमा सर्वोच्च अदालतमा क्षतीपुर्तिमागदाबीसहित निवेदन दिनुपर्ने, अन्तर्राष्ट्रिय अदालतमा मुद्धा दिनुपर्नेलगायतका विषयहरू उठेका थिए । आइतबार वा सोमबार कार्यालय समयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा निवेदन दिने र उक्त निवेदन तयार गर्न अधिवक्ता मुक्ति आचार्यलाई जिम्मा दिने निर्णय आचार्य बन्धु समाज नेपालले गरेको छ ।

बैठकमा सहभागी आचार्यहरूले आक्रोशित हुँदै उक्त जुत्तामा आचार्य थरको अपमान हुने गरी नाम राखिएकोमा कम्पनीको आलोचना गरेका थिए । छलफलकै क्रममा आचार्यको नाममा टिसर्टसमेत प्रिन्ट गरिएको भेटिएको छ । यसअघि बुद्धको बिषयमा यस्तै प्रकारको बिबाद भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भीरवाट लडेर दार्चुलामा एक महिलाको मृत्यु

उत्तरी गोरखाको सिर्दीबासमा खच्चडबाट चामल ढुवानी

नेपाल–भारत सीमा स्तम्भहरुको मर्मत सुरु

सुन्तला उत्पादनमा वृद्धि हुँदा किसान उत्साहित

सुदूरपश्चिम, लुम्बिनी र कर्णालीको पहाडी भेगमा हिमपातसँगै वर्षा

सिरहाको लहानमा साइकल स्टोरमा आगलागी, लाखौंको क्षती

वायुसेवा निगमले अपाङ्गता भएका यात्रुलाई भाडामा छुट दिने

जुवा खेलिरहेको अवस्थामा १५ जना पक्राउ

बोरामा भेटिएका शवकाे भएन पहिचान, चितवन प्रहरीद्वारा स्केच सार्बजनिक

अर्थले प्राधिकरणलाई भन्यो: सडक बत्तीको बक्यौता पालिकाबाटै लिनु

गएरातीदेखी अवरुद्ध कोशी राजमार्ग सञ्चालनमा

अपाङ्गताबारे ऐन, कानुनको प्रभावकारी कार्यान्वयनमा समस्या