सदाबहार खबरको रफ्तार ....
मंग्सिर १८, २०८० सोमबार
December 4, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

झापामा लागु औषधसहित २ जना पक्राउ

२०८० मंग्सिर ३, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः झापामा प्रतिबन्धित लागु औषसहित २ जना पक्राउ परेका छन् । प्रहरीले शनिवार जिल्लाको मेचीनगर नगरपालिका र झापा गाउँपालिकाबाट लागु औषधसहित २ जनालाई पक्राउ गरेको हो ।

मेचीनगर नगरपालिका ५ मेची पुलबाट सोही नगरपालिका वडा नम्बर १० बस्ने २० वर्षीय रोहितकुमार पोदारलाई ब्राउन सुगर ३ ग्राम ३०० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरीले चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा पोदारको साथमा लागु औषध भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

त्यस्तै झापा गाउँपालिका ४ स्थित सुकुम्वासी टोलबाट अर्की एक महिलालाई लागु औषधसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा शिवताक्षी नगरपालिका १ बस्ने २९ वर्षीया कमला राउत रहेकी छन् ।

राउतको साथबाट १ ग्राम ७७० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका पोदारलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टा र राउतलाई जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

धादिङमा श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

गाजासहित पालुङमा एक युवा पक्राउ

ठूलो परिमाणमा अफिम र चरेससहित पति–पत्नी पक्राउ

ठूलो परिमाणमा लागूऔषधसहित एक दम्पती पक्राउ

श्रोत नखुलेको नेपाली रुपैयाँसहित एक जना नियन्त्रणमा

बुवाको हत्या गरेको अभियोगमा ३५ वर्षीय रुपेश पक्राउ

दाेलखामा गाेली लागेर युवकको मृत्यु, ६ जना पक्राउ

११ केजी सुन तस्करीमा संलग्न ९ जनालाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश

सक्कली प्रहरीको फन्दामा नक्कली प्रहरी

टिकट चोरीको घटनामा थप एक जना पक्राउ

कटुवा पेस्तोल सहित धनुषामा एकजना पक्राउ

बाबुको हत्या गर्ने छोरा पक्राउ