सदाबहार खबरको रफ्तार ....
मंग्सिर १८, २०८० सोमबार
December 4, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

जाजरकोटमा चिसोले थप तीनको मृत्यु

२०८० मंग्सिर ३, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चिसोका कारण जाजरकोटमा थप तीन जना वृद्धको ज्यान गएको छ ।

भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका–१ रामीडाँडाका ७० वर्षीय डुमे पुन र छेडागाड नगरपालिका–१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामीको चिसोका कारण मृत्यु भएको हो ।

डुमे दमका दीर्घरोगी पनि हुनुहुन्थ्यो । त्रिपालभित्रको बसाइ र अत्यधिक चिसोको कारण उहाँको ज्यान गएको बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले बताउनुभयो । मनसरी दमकी दीर्घरोगी भएको र त्रिपालको चिसोले दम बढेपछि उहाँको ज्यान गएको छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्र थापाले बताउनुभयो ।

त्रिपालमुनिको बसाइका कारण बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । बालबालिका र वृद्ध वृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको छ । यसअघि गत साता नलगाड भेरी र बारेकोटमा गरी चिसोका कारण चार जना दीर्घ रोगीको ज्यान गएको थियो । एक साताभित्रै चिसोले सात जना वृद्ध वृद्धाको ज्यान गइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भीरवाट लडेर दार्चुलामा एक महिलाको मृत्यु

उत्तरी गोरखाको सिर्दीबासमा खच्चडबाट चामल ढुवानी

नेपाल–भारत सीमा स्तम्भहरुको मर्मत सुरु

सुन्तला उत्पादनमा वृद्धि हुँदा किसान उत्साहित

सुदूरपश्चिम, लुम्बिनी र कर्णालीको पहाडी भेगमा हिमपातसँगै वर्षा

सिरहाको लहानमा साइकल स्टोरमा आगलागी, लाखौंको क्षती

वायुसेवा निगमले अपाङ्गता भएका यात्रुलाई भाडामा छुट दिने

जुवा खेलिरहेको अवस्थामा १५ जना पक्राउ

बोरामा भेटिएका शवकाे भएन पहिचान, चितवन प्रहरीद्वारा स्केच सार्बजनिक

अर्थले प्राधिकरणलाई भन्यो: सडक बत्तीको बक्यौता पालिकाबाटै लिनु

गएरातीदेखी अवरुद्ध कोशी राजमार्ग सञ्चालनमा

अपाङ्गताबारे ऐन, कानुनको प्रभावकारी कार्यान्वयनमा समस्या