सदाबहार खबरको रफ्तार ....
मंग्सिर १८, २०८० सोमबार
December 4, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र अष्ट्रेलियाबीच भिडन्त हुँदै

२०८० मंग्सिर ३, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः भारतमा जारी आइसिसी एकदिवसिय विश्वकप क्रिकेटको उपाधिका लागि आज फाइनल खेल हुँदैछ । उपाधि भिडन्तमा आयोजक तथा यो वर्षको उपाधि दावेदार भारत र विश्वकपको सर्वाधिक सफल राष्ट्र अष्ट्रेलिया भिड्दैछन् ।

यो खेल अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा दिउँसो सवा २ बजे सुरु हुनेछ । दुइ दशक पछि भारत र अस्ट्रेलिया पहिलोपटक उपाधिका लागि तयार छन् ।

फाइनलको यात्रा तय गर्न भारतले सेमिफाइनलमा न्यूजिल्याण्डलाई ७० रनले हराएको थियो । यसैगरि अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई तीन विकेटले हराएको हो । लिग चरणमा दक्षिण अफ्रिकासँग पराजय व्यहोरेर समिफाइनलमा दक्षिण अफ्रिकालाई नै रोक्दै फाइनल पुगेको अष्ट्रेलिया भारत विरुद्ध पनि फाइनल जित्ने लक्ष्यमा छ ।

उता लिग चरणका सबै ९ खेलमै जित हासिल गरेको भारतले अष्ट्रेलियालाई पनि ६ विकेटले हराएको थियो । यहि मनोबलमा भारत आज मैदानमा उत्रदैछ ।

विगतमा हेर्दा विश्वकपमा १३ खेलमा अस्ट्रेलिया ८–५ ले अगाडी छ । तर पछिल्लो ७ मध्ये भारतले चार खेलमा जित हात पारेको छ । जारी विश्वकपको फाइनल सम्म आइपुग्दा भारत अपराजित टोली हो ।

उत्कृष्ट प्रदर्शन गरिरहेको भारतिय खेलाडीहरु बलिङ र ब्याटीङमा अब्बल देखिएका छन् । जारी विश्वकपमा सर्वाधिक रन बनाउने ब्याटरको सूचीमा भारतिय विराट कोहली नै छन् । उनले अहिलेसम्म ७११ रन बनाएका छन् । त्यस्तै बलिङमा भारतका मोहम्मद सामीले ६ खेलमा २३ विकेट लिएका छन् ।

त्यसैले अपराजित रहँदै फाइनलको यात्रा तय गरेको भारत घरेलु मैदानमा उपाधि जित्दै इतिहास बनाउने लक्ष्यमा छ । पाँच पटक उपाधि जितिसकेको अस्ट्रेलिया आठौंपटक विश्वकपको फाइनलमा खेल्दैछ भने दुई पटक उपाधि जितेको भारतले चौथो पटक विश्वकपको फाइनल खेल्दैछ ।

समग्रमा विश्वकपको इतिहास र वर्तमानको प्रदर्शन हेर्दा फाइनल खेल रोचक र प्रतिक्षारत हुने निश्चित छ । सन् १९७५ बाट खेलाउन थालिएको एक दिवसीय विश्वकप क्रिकेटको हालसम्म भएका १२ वटा शृङ्खलामा अष्ट्रेलियाले पाँच पटक उपाधि जित्दा भारत र वेष्ट इन्डिजले समान २-२ पटक उपाधि जितेका छन् । यसैगरी इङ्ल्याण्ड, श्रीलंका र पाकिस्तानले समान एक-एक पटक उपाधि जितेकाछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भारतले दियो अष्ट्रेलियालाई १ सय ६१ रनको लक्ष्य

युरोकप २०२४ को ड्र, कुन देश कुन समुहमा परे ?

स्पेनिस ला लिगा : डियाज र रोड्रीगोको गोलमा रियल म्याड्रिड विजयी

ईङलिश प्रिमियर लिग : न्यूक्यासलसँग म्यानचेस्टर युनाइटेड १-० गोलले पराजित

सुपर लिगमा आज दुईवटा खेल हुदैँ

साउदी प्रो लिग : अल नासरमाथि अल हिलालको जित

नेपाल सुपर लिगमा धनगढी र ललितपुरले गोल रहित बराबरी खेले

रोहित र कोहलीविनै भारतले जित्यो अष्ट्रेलियाविरूद्ध टी-२० सिरिजको उपाधि

एनएसएलमा आज ‘डबल हेडर’ : झापा र पोखरा तथा धनगढी र ललितपुर भिड्ने

प्रहरी कप: नक्साल हेडक्वाटरलाई हराउँदै पोखरा प्रहरी बिजयी

एनएसएल: वीरगन्जमाथि चितवनको २-१ को जित

सुपर लिग: बिरगञ्ज र चितवन भिडदैँ