सदाबहार खबरको रफ्तार ....
मंग्सिर १८, २०८० सोमबार
December 4, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पर्यटन प्रवर्दन गर्न साइकल टोली पोखरामा

२०८० मंग्सिर ३, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ‘सामुदायिक होमस्टे, हाम्रो संस्कार र परम्परा’ नाराका साथ ‘साइकल सिटी भैरहवा’को टोली शनिबार पर्यटकीय नगरी पोखरा आइपुगेको छ । हरेक वर्ष तिहारको भाइटिकाको भोलिपल्ट साइकल यात्राका माध्यमबाट आन्तरिक एवं साइकल पर्यटनसँगै स्थानीय उत्पादनको प्रचारप्रसार गर्दै आएको टोली यसपटक पोखरा आएको हो ।

यसवर्ष विशेषतः मगर र गुरूङ घरवाससँगै पर्यटकीय नगरी पोखराको प्रचारप्रसार गर्ने उद्देश्यका साथ १४ सदस्यीय टोली कात्तिक ३० गतेदेखि रूपन्देही सिद्धार्थनगरबाट साइकल यात्रामा निस्केको साइकल सिटी भैरहवाका अध्यक्ष सूर्यकुमार सारू मगरले जानकारी दिए । टोलीले साइकल यात्रा गर्दै वालिङस्थित मगर जातिको बाझकोट होमस्टे, स्याङ्जास्थित गुरूङ जातीको सिरूवारी होमस्टे हुँदै पोखरा आइपुगेको उनले बताए ।

विभिन्न सेवा, पेशा र व्यवसायमा आबद्ध व्यक्ति सहभागी टोलीले साइकल यात्राका माध्यमबाट नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धनमा देखाएको चासो निकै सकारात्मक रहेको पर्यटन व्यवसायी डिल्लीराज पाण्डेले बताए । टोलीले यसअघि अर्घाखाँचीको सुपादेउराली, पाल्पाको रानीमहल र व्यास नगरपालिकाको मानुङकोट पनि साइकलबाटै यात्रा गरिसकेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सुनको मूल्य अहिलेसम्मकै उच्च

राष्ट्र बैंकले १६ अर्ब ४० करोडको ट्रेजरी बिल बिक्री गर्ने

आजको बिदेशी मुद्राको बिनिमय दर, बेलायती पाउन्ड १६९ रूपैयाँ नाघ्यो

नेपाल एयरलाइन्सको विमान बिग्रिँदा रारा विमानस्थलमा ग्राउन्डेड

पेट्रोलियम पदार्थको मूल्य यथास्थितिमा राख्न अवस्था छैन: उद्योगमन्त्री रिजाल

भारतीय सेयर बजारमा नयाँ रेकर्डः भारतीय सेयर पुग्यो ४ ट्रिलियन नाघ्यो

आजको बिदेशी मुद्राको बिनिमय दर, क्यानेडियन डलर ९९ रूपैयाँ नाघ्यो

सुनको मूल्य हालसम्मकै उच्च, साताको पहिलो दिन तोलामा १८ सयले बढ्यो सुन

वीरगञ्ज नाकाबाट चार महिनामा १ हजार २७ सवारी साधनको जाँचपास

सहस्राब्दी पदमार्गमा विदेशी पदयात्री बढ्दै

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

विकास परियोजनाको प्रभावकारी कार्यान्वयनमा अर्थमन्त्रीको जोड