सदाबहार खबरको रफ्तार ....
मंग्सिर १८, २०८० सोमबार
December 4, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

जीब्रालटारविरुद्ध फ्रान्सको शानदार जित, ९ खेलाडीले गरे १४ गोल

२०८० मंग्सिर ३, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ३ मङ्सिर । युइएफए युरोकप छनौट अन्तर्गत फ्रान्सले जीब्रालटारविरुद्ध १४ गोल गरेको छ । समुह बि अन्तर्गत गएराती सम्पन्न खेलमा फ्रान्सले जीब्रालटारलाई १४-० गोल अन्तरले पराजित गरेको हो ।

जिब्रालटारविरुद्ध फ्रान्सका ९ खेलाडीले गोल गरेका थिए । जसमा फ्रान्सका लागि किलियन एम्बाप्पेले ह्याट्रिक गरेका थिए भने ओलिभर जिराउड र किंग्सले कोम्यानले २-२ गोल गरेका थिए ।

त्यस्तै मार्कस थुराम, वारेन जैरे एमेरी, जोनाथन क्लाउस, योउसोउफ फोफना, एड्रीयन राबिओट र ओसमान डेम्बेलेले एक एक गोल गरेका थिए ।

त्यसैगरी जिब्रालटारक इथान सान्तोसले एक गोल आत्मघाती गोल गरेका थिए । यस खेलमा जिब्रालटारका इथान सान्तोसले खेलको १८औं मिनेटमा रातो कार्ड पाएका थिए ।

यो जितपछि फ्रान्स समुह बि मा अपराजित रहदै ७ खेलमा २१ अंक हासिल गरेको छ । फ्रान्स यसअघि नै युरो कप २०२४ मा छनौट भइसकेको छ ।

त्यस्तै जिब्रालटारले भने समुह बिमा खेलेका सातै खेलमा हार बेहोरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भारतले दियो अष्ट्रेलियालाई १ सय ६१ रनको लक्ष्य

युरोकप २०२४ को ड्र, कुन देश कुन समुहमा परे ?

स्पेनिस ला लिगा : डियाज र रोड्रीगोको गोलमा रियल म्याड्रिड विजयी

ईङलिश प्रिमियर लिग : न्यूक्यासलसँग म्यानचेस्टर युनाइटेड १-० गोलले पराजित

सुपर लिगमा आज दुईवटा खेल हुदैँ

साउदी प्रो लिग : अल नासरमाथि अल हिलालको जित

नेपाल सुपर लिगमा धनगढी र ललितपुरले गोल रहित बराबरी खेले

रोहित र कोहलीविनै भारतले जित्यो अष्ट्रेलियाविरूद्ध टी-२० सिरिजको उपाधि

एनएसएलमा आज ‘डबल हेडर’ : झापा र पोखरा तथा धनगढी र ललितपुर भिड्ने

प्रहरी कप: नक्साल हेडक्वाटरलाई हराउँदै पोखरा प्रहरी बिजयी

एनएसएल: वीरगन्जमाथि चितवनको २-१ को जित

सुपर लिग: बिरगञ्ज र चितवन भिडदैँ