सदाबहार खबरको रफ्तार ....
मंग्सिर १८, २०८० सोमबार
December 4, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

माओवादी केन्द्र र नेपाल समाजवादीबीच एकता प्रक्रियालाई गति दिने निर्णय

२०८० मंग्सिर ३, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच एकता प्रक्रियालाई थप गति दिइने भएको छ । माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको दुई दलको वार्ता टोलीको संयुक्त बैठकले एकता प्रक्रियालाई अगाडि बढाउने सहमति गरेका हुन् ।

बैठकको सुरुमा एकता वार्ता समितिको विगतको गतिविधिबारे रिपोर्टिङ गरिएको संयुक्तरुपमा जारी विज्ञप्तिमा भनिएको छ । बैठकमा पार्टी एकताका लागि दुवै पार्टी केन्द्रलाई पार्टी एकता संयोजन समिति गठन गर्न सुझाव दिने भएको छ ।

समितिले दुवै पार्टीले उठाइरहेका वैचारिक र नीतिगत विषयमा छलफल गरी सहमतिका आधारमा अगाडि बढ्ने सहमति गरेका छन् । त्यस्तै, पार्टीको विधान, नाम, सङ्गठनात्मक संरचना, चुनाव चिन्हलगायतका विषयमा एकता समितिले सहमति गरे अनुरुप अगाडि बढ्ने गरी दुवै पार्टीलाई सुझाव दिने निर्णय भएको छ ।

बैठकपछि माओवादी केन्द्रका तर्फबाट वार्ता समितिका संयोजक कृष्णबहादुर महरा र नेपाल समाजवादी पार्टीका संयोजक गङ्गानारायण श्रेष्ठले संयुक्त विज्ञप्ति जारी गर्नुभएको छ । बैठकमा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, नेपाल समाजवादी पार्टीका नेताहरू दुर्गा सोवलगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

एकीकृत समाजवादीको सचिवालय बैठक सुरू, महाधिवेशनको मिति तय गर्ने बिषयमा छलफल हुँदै

कानुन निर्माणमा केन्द्रीकृत मानसिकता नै बाधक छ : नेत्री पोखरेल

मुगु एमाले अधिवेशन : नेतृत्व चयन प्रक्रियाप्रति १० भ्रातृ सङ्गठनको असन्तुष्टि

एकीकृत समाजवादीको सचिवालय बैठक भोलि

राप्रपा नेपालको केन्द्रीय समिति बैठक मंशिर २४ बाट

‘सबै प्रकारका शोषण अन्त्य हुनुपर्छ’ : माधव नेपाल

कांग्रेस एकढिक्का हुन नेताहरूले दम्भ छाड्नुपर्छः कोइराला

देशमा भाषणभन्दा काम गर्ने समय आयो : सभापति देउवा

गणतन्त्रलाई कसैले समाप्त गर्न सक्दैन : नेता निधि

एमालेले सरकार छोडेपछि भ्रष्टाचार मौलाएको केपी ओलीको दाबी

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको प्रथम राष्ट्रिय महाधिवेशन आगामी जेठमा

राजतन्त्रको पक्षमा जनता छैनन्, नेपाल धार्मिक राज्य बनाउन सकिँदैन : महासचिव गुरुङ