सदाबहार खबरको रफ्तार ....
मंग्सिर २२, २०८० शुक्रबार
December 8, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

उर्लाबारी आगलागीका घाइतेको उपचार निशुल्क गराउन खेलकुदमन्त्रीको सकृयता

२०८० मंग्सिर ३, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर हाल कीर्तिपुर वर्न अस्पतालमा उपचार गराइरहेका मोरङ उर्लाबारी आगलागी घटनाका २५ जना घाइते बिरामीको अवस्थाबारे जानकारी गराएका छन् ।

गत कात्तिक २६ गते उर्लाबारीको बरगाछीस्थित दिपक कार्कीको घरमा रहेको सुनचाँदी पसलमा आगलागीसँगै खाना पकाउने ग्यासको सिलिण्डर विष्फोट हुँदा घरधनीसहित ४ प्रहरी र स्थानीय गरी २८ जना सख्त घाईते भएका थिए । तीमध्ये २५ जनाको अहिले कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेकोमा ६ जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

मन्त्री लिम्बूले प्रधानमन्त्री प्रचण्डसँगको भेटमा घाइतेहरुको उपचारमा सहजीकरण र सम्पूर्ण उपचार खर्च राज्यले बेहोर्नुपर्ने विषयमा छलफल गरेका थिए ।

यसैबीच मन्त्री लिम्बूको पहलमा कीर्तिपुरमा उपचाररत जलनका बिरामीहरुको उपचारका लागि जापानको ईताबासी मेडिकल एशोसिएशन हस्पिटलका वरिष्ठ डाक्टर हिरोयुकी ईजुमी नेपाल आइपुगेका छन् । अमेरिकाबाट अर्को चिकित्सक टोली पनि आउन लागेको जानकारी प्राप्त भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

एमाले पदयात्राको नवौं दिन: आज आरूघाट आईपुग्ने

एनसेलको सेयर बिक्री रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

अस्थिरता निम्त्याउने चलखेल भइरहेको छ: महासचिव गुरुङ

राष्ट्रपतिसमक्ष राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश

न्यायपालिका लयमा फर्किएको छ : प्रधानन्यायाधीश श्रेष्ठ

राप्रपा राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुने, राप्रपा नियमावली–२०८० संशोधनसहित पारित

प्रधानमन्त्री प्रचण्ड इमान र लाज पचाएर सरकारमा बसिरहेको ओलीको आरोप

सर्वोच्चका प्रस्तावित न्यायाधीशसहितविरुद्ध ११ वटा उजुरी

प्रहरी महानिरीक्षक कुँवर स्वदेश फिर्ता

अर्थतन्त्रको सूचक राम्रो छ, तर सर्वसाधारण खुसी छैनन् : प्रधानमन्त्री प्रचण्ड

एनसेल प्रकरणको अध्ययन गर्न उच्चस्तरीय समिति गठन

एनसेल प्रकरणको छानविन गर्न समिति गठन, ३० दिनभित्र अध्ययन प्रतिवेदन पेश गर्न कार्यादेश