सदाबहार खबरको रफ्तार ....
मंग्सिर १८, २०८० सोमबार
December 4, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राष्ट्रपति, उपराष्ट्रपतिद्वारा छठीमाताको पूजाअर्चना

२०८० मंग्सिर ३, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः राष्ट्रपति रामचन्द्र पौडेलले छठीमाताको पूजाअर्चना गर्नुभएको छ । छठपर्वको उपलक्ष्यमा आज साँझ उहाँले कमलपोखरीको छठ पूजास्थलमा छठीमाताको पूजा गर्नुभएको हो ।

राष्ट्रपति पौडेलले गुह्येश्वरीमा निर्मित पूजास्थलमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिँदै छठीमाताको पूजाअर्चना गर्नुभयो ।

काठमाडौँ उपत्यकाका कमलपोखरी, गुह्येश्वरी गौरीघाट, कुपण्डोललगायत स्थानमा छठ पूजास्थल निर्माण गरी अस्ताउँदो सूर्यलाई अघ्र्य दिँदै छठीमाताको पूजाअर्चन भइरहेको छ ।

काठमाडौँ महानगरपालिकाद्वारा आयोजित छठपूजामा उपराष्ट्रपति रामसहायप्रसाद यादवलगायत विशिष्ट व्यक्तिले छठीमाताको पूजा गर्नुभएको कमलपोखरी छठ पूजा समाजका सल्लाहकार दीपेन्द्र झाले राससलाई जानकारी दिनुभयो ।

छठ पूजाका लागि पोखरी ध्वजापताकाले सिङ्गारिनुका साथै झिलीमिली बत्ती जडान गरिएको छ । महानगरपालिका प्रमुख बालेन्द्र साह र उपप्रमुख सुनिता डङ्गोल पनि छठीमाताको पूजाअर्चनाका लागि कमलपोखरी पुग्नुभएको थियो ।

भोलि सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ । बर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिने परम्परा छ । ललितपुरको कुपण्डोललगायत क्षेत्रमा पनि छठ पूजाको रौनक बढेको छ । छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोकाङ्क्षा पूरा हुने तथा सम्पूर्ण दुःखकष्ट हटेर जाने जनविश्वास छ ।

यो पर्वमा षष्ठी भगवतीको पूजाअर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गरिन्छ । छठपर्वको उपलक्ष्यमा पवित्र जलाशयमा स्नान गरी बेलुका दूध, चामल र सक्खरको खीर बनाई प्रसादका रूपमा ग्रहण गर्ने प्रचलन छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

उत्तरगया धाम परिसरमा १०८ शिवलिंग स्थापना

धनकुटामा वाडाङ्मी र पापनीको रौनक

थारु संस्कृतिलाई चित्रकलामार्फत संरक्षण गर्दै मित्थु

भूकम्पको नौ वर्षमा पनि ठडिएन हिटी पोखरीको गरुडनारायण मूर्ति

पञ्चकोटमा ब्राह्माण्डीय महायज्ञको तयारी

आज मंगलबार गणेश भगवानको दर्शन गरि थाहा पाउनुहोस् तपाँइको दैनिक राशिफल

जनकपुरमा हुने सीताराम विवाह महोत्सवको तयारी

महायज्ञबाट संकलित रकमबाट मन्दिर पुनःनिर्माण

मिथिलामा सामाचकेवा पर्व समापन गरिँदै

ऐतिहासिक नमोबुद्ध जात्रा : ‘पितृ’का सम्झनामा दीप प्रज्ज्वलन गरिने

आज गुरु नानक जयन्ती र कार्तिक स्नान समाप्ति

पशुपतिनाथ मन्दिर उत्तराखण्डमा भन्ने समाचारमा सत्यता छैन : पशुपति क्षेत्र विकास कोष