सदाबहार खबरको रफ्तार ....
मंग्सिर १८, २०८० सोमबार
December 4, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

रौतहटबाट ४ थान अत्याधुनिक हतियार बरामद

२०८० मंग्सिर ३, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सशस्त्र प्रहरी बल नेपालले रौतहटबाट ४ थान अत्याधुनिक हतियार बरामद गरेको छ ।

इन्टेलिजेन्स ब्युरोले रौतहटस्थित यमुनामाई नगरपालिका -३ स्थित एक घर बाट आइतबार दिउँसो ९ एमएम पेस्तोल ३ नाल, त्यसमा लाग्ने गोली १३ गोटा, म्याग्जिन ६ वटा तथा एयर गन १ नाल समेत बरामद गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवम् डीएसपी शैलेन्द्र थापाले बताए ।

सो घरमा हतियार लुकाएर राखिएको भन्ने बिशेष सूचनाको आधारमा ब्युरोले आइतबार दिउँसो खानतलासी गरेको थियो । बरामद हतियार मध्ये २ नाल पेस्तोल मेड इन यूएसए र एक नाल मेड इन इन्डिया लेखिएको छ ।

हतियार सहित मोबाइलको सोमकार्ड, मोबाइल, शेख एजाज अहमदको नाममा जारी गरिएको नागरिकता समेत बरामद भएको डीएसपी थापाले जानकारी दिए ।

हतियार बरामदपछि स्थानीयबासिन्दाले ढुङ्गामुढा गर्दा प्रस्तावित सिमा सुरक्षा गुल्म गौर र सुरक्षा बेश देबाहीको गाडीको सिसा फुटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

धादिङमा श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

गाजासहित पालुङमा एक युवा पक्राउ

ठूलो परिमाणमा अफिम र चरेससहित पति–पत्नी पक्राउ

ठूलो परिमाणमा लागूऔषधसहित एक दम्पती पक्राउ

श्रोत नखुलेको नेपाली रुपैयाँसहित एक जना नियन्त्रणमा

बुवाको हत्या गरेको अभियोगमा ३५ वर्षीय रुपेश पक्राउ

दाेलखामा गाेली लागेर युवकको मृत्यु, ६ जना पक्राउ

११ केजी सुन तस्करीमा संलग्न ९ जनालाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश

सक्कली प्रहरीको फन्दामा नक्कली प्रहरी

टिकट चोरीको घटनामा थप एक जना पक्राउ

कटुवा पेस्तोल सहित धनुषामा एकजना पक्राउ

बाबुको हत्या गर्ने छोरा पक्राउ