सदाबहार खबरको रफ्तार ....
मंग्सिर १८, २०८० सोमबार
December 4, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

निःशुल्क जिपिएस पनि जोडेनन् व्यवसायीले

२०८० मंग्सिर ४, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः सार्वजनिक यातायातमा ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) जडान गर्ने सरकारी योजना अलपत्र परेको छ । भेहिकल ट्र्याकिङ सिस्टम (भिटिएस) मार्फत सार्वजनिक यातायातको अनलाइन निगरानी गर्न दुई वर्षअघि जिपिएस जडानको काम सुरु भए पनि हालसम्म जम्मा ३५ वटा सवारीसाधनले मात्र जडान गरेका छन् ।

यातायात व्यवस्था विभागले २०७८ मङ्सिरमा निःशुल्क सेवासहित १०० वटा सवारीमा निःशुल्क सेवा दिएर जडान सुरु गरेको थियो ।

निःशुल्क सेवा दिँदा पनि जम्मा ३५ वटा सार्वजनिक सवारीले मात्र जडान गरेका थिए । निःशुल्कका लागि एक सय वटा कोटा तय गरिएकामा ६५ वटा अझै बाँकी रहेको विभागले जनाएको छ । विभागले निःशुल्क सेवासहित नमुना अभ्यासका लागि सवारीमा जिपिएस सुरु गरेको थियो ।

तर यातायात व्यवसायीहरू नै अनिच्छुक भएपछि विभागको अभियानले गति लिन सकेको छैन । व्यवसायी नै जडान गर्न नआएपछि केही गर्न नसकेको विभागले जनाएको छ ।- गोरखापत्र दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

केरुङ-काठमाडौँ रेलमार्गको डीपीआर समयमा सम्पन्न गर्ने चीनको प्रतिबद्धता

कर परीक्षणले जोगियो २६ अर्ब

वित्त आयोगलाई अर्थ मन्त्रालयको असहयोग – ससर्त अनुदानसम्बन्धी सुधार प्रक्रिया अवरुद्ध

वडाध्यक्षलाई कोठाभित्र थुनेर घरमा लगाइयो आगो

नेपालमा टिकटक बन्द गरेकोप्रति चीन असन्तुष्ट

वीरगञ्ज भन्सारमा राजस्व छलीका सयौं ट्रक सुपारी !

राजस्व छलीमा संलग्न झन्डै दुई हजार फर्ममाथि छानबिन

मन्त्रिपरिषद् हेरफेर गृहकार्यमा प्रधानमन्त्री प्रचण्ड

मेलम्चीको पानी छिट्टै वितरण हुने

अढाइ महिनामै बाँध भत्कियो, अढाइ करोड स्वाहा

अझै नियन्त्रणमा आएन पानामा रोग

भारतीयको संख्या झन्डै एकतिहाई, चिनियाँको गति सुस्त