सदाबहार खबरको रफ्तार ....
मंग्सिर १८, २०८० सोमबार
December 4, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

‘सरुभक्तका मुक्तक’ लोकार्पण

२०८० मंग्सिर ४, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः साहित्यकार सरुभक्तको मुक्तक सङ्ग्रह ‘सरुभक्तका मुक्तक’को आइतबार पोखरामा लोकार्पण गरिएको छ । नेपाल मुक्तक प्रतिष्ठान, बेलायत शाखाद्वारा प्रकाशित उक्त कृतिको वरिष्ठ कलाकार दुर्गा बराल ‘वात्सायन’लगायतले संयुक्तरुपमा विमोचन गरेका थिए ।

सो अवसरमा कलाकार बरालले सरुभक्त नेपाली साहित्य जगत्को विशिष्ट प्रतिभा रहेको धारणा राखे । उनले सरुभक्तको लेखनमा विचार र दर्शनको धरातल भेटिने बताए । साहित्यकार सरुभक्तले तीसको दशकको सुरुदेखि अहिलेसम्म आफूले मुक्तक लेखिरहेको बताए ।

“युवाकालदेखि नै मलगायत मेरा थुप्रै समकालीन साथीहरुको मुक्तक लेखनप्रति झुकाव थियो, २०३५ सालमा पोखरामा टिकटमा मुक्तक कार्यक्रम गरेर अभियान सुरु गरेका थियौँ”, उनले भने, “पहिले उपेक्षामा परेको मुक्तकले अहिले जुन गति लिइरहेको छ यसका पछाडि पोखरेली स्रष्टा र साहित्यप्रेमीको महत्वपूर्ण योगदान छ ।”

सरुभक्तले २०३५ सालमा प्रकाशित मुक्तक सङ्ग्रह ‘बन्द खामभित्र’ आफ्नो पहिलो साहित्यिक कृति रहेको सुनाए । उनको २०६१ सालमा ‘हजार बुद्धहरु’ र २०६७ मा ‘प्रेम यात्रा’ मुक्तक सङ्ग्रह प्रकाशित भएको थियो ।

‘सरुभक्तका मुक्तक’मा पहिले प्रकाशित तीन मुक्तक कृतिसहित अप्रकाशित ‘जीवन यात्रा’ र ‘समय यात्रा’ कृतिका मुक्तक सङ्ग्रहित रहेको नेपाल मुक्तक प्रतिष्ठान, बेलायत शाखाका अध्यक्ष दुर्गाप्रसाद पोखरेलले जानकारी दिए । “सरुभक्तले तीसको दशकदेखि हालसम्म रचना गर्नुभएका मुक्तक एउटै सङ्ग्रहका रुपमा सार्वजनिक गरिएको हो”, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

रश्मि, आँचल र अविनाशले मुशायरा तताउँदै

मंजुल र प्रेरणालाई दक्षिण एसियाली साहित्य पुरस्कार

आर्टुडियोले सार्वजनिक गर्‍यो ‘स्ट्रिट आर्ट नेपाल’ पुस्तक

विष्णु सापकोटाको उपन्यास ‘अडिएका पाइला’ लोकार्पण

खनालको कथाको संगालो ‘बाबा मेरो पीआर आयो’ लोकार्पण

प्रतिमाको मुक्तककृति ‘प्रवासी मन’ सार्वजनिक

वक्तृत्वकला प्रतियोगितामा रेश्मा गैरे प्रथम

कतारमा कवि क्षेत्रीको एकल कविता वाचन

साहित्यकार एसपी आशाको ८० वर्षमा निधन

वरिष्ठ बाल साहित्यकार शान्तदास मानन्धरको निधन

महाकवि देवकोटालाई मानवतावादी कविका रुपमा स्मरण

आज महाकवी देवकोटाको ११५औं जन्मजयन्ती बिभिन्न कार्यक्रम गरी मनाईंदै