सदाबहार खबरको रफ्तार ....
मंग्सिर १८, २०८० सोमबार
December 4, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राशी कि र नक्षत्रमा आधारित ज्याेतिष मान्य ? भन्नेमा कार्यशाला, कृष्णमुर्ति पद्दति बैज्ञानिक भएकाे दाबी

२०८० मंग्सिर ४, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ज्योतिषहरुले किन गलत भबिस्यबाणी गर्छन ? के फेसवुकमा लाइभ बसेर गर्ने भबिस्यबाणीमा सत्यता छ ? पछिल्लो समय राजतन्त्र र गणतन्त्रको नाममा भएका भबिस्यबाणी के हुन ?

आइतबार महोत्तरीको एक होटलमा ज्योतिषीहरुको राष्ट्रिय बृहत भेलाका बिचमा  यस्ता अनेकौ प्रश्नहरु राखिए । यही क्रममा  लक्ष्मण भण्डारी जुरुक्क उठे अनि एकैपटक भने, `यी सबै प्रचारप्रसारको लागी गरिएका फेक कुराहरु हुन ।´

झापावाट कार्यक्रममा सहभागी हुन आएका अर्का ज्योतिषी अर्जुन उप्रेतिले ज्योतिषीको बिषयमा सामाजिक सञ्जालमा सरकारको नियमन हुन नसक्दा विकृतिहरु बढदै गएको धारणा राखे । ज्योतिषशास्त्र विज्ञानसम्मत भएको र बैदिक ज्योतिषको नाममा बिकृतिहरु बृद्धि हुँदै गएको उनिहरुले एकसाथ तर्क गरेका छन् । उनीहरुले यी तर्क गरे पछी कुन चाँही ज्योतिषको फलादेश सतप्रतिशत हो ? भन्ने बिषयमा अथितिहरुले यसभित्रको भिन्नता बुझ्न खोजे । त्यसपछी उक्त छलफलमा ज्योतिषी भित्रको कृष्णमुर्ती पदतिको विषयमा लामो छलफल भयो ।

बैदिक ज्योतिषीहरु राशिमा आधारित हुने र कृष्णमुर्ती ज्योतिषीहरु नक्षत्रमा आधारित हुने भएकाले कृष्णमुर्ती पदती सबैभन्दा प्रभावकारी भएको उनीहरुले निष्कर्ष पेश गरे । अथितिहरुले उनीहरुका कुरा अझै पत्याउन सकेनन । त्यसपछि कृष्णमुर्ती पद्दतिको बैज्ञानिक आधारहरु के -के हुन भनेर हलमा उत्तर खोज्न थालियो ।

झापावाट आएका बुद्धि भट्टराईले आफू विज्ञानको विद्यार्थी भएको र कलेजमा केमिस्ट्री पढाउने गरेको परिचय दिदै ज्योतिषमा कृष्णमुर्ती पदती विज्ञानसंगत भएको दाबी गरे । छिटो, छरितो र सरलसगैँ ९ ग्रहमा आधारित हुदाँ यसभित्र थुप्रै बैज्ञानिक आधारहरु भएको तर्क पेश गरे । भट्टराईको कुरा सकिन नपाउदै कृष्णमुर्ती ज्योतिष परिषदका केन्द्रिय उपाध्यक्ष देविप्रसाद सुवेदीले उनका र्कहरुमा ऐक्यबद्धता जनाउदै प्रमाणित भएका हरेक तथ्यहरु बैज्ञानिक भएको बताए ।

`त्यसैले यो कृष्णमुर्ती पदती पनि तथ्यमा आधारित भएकाले वैज्ञानिक छ,´ उनले भने । कृष्णमुर्ती दक्षिण भारतका प्रख्यात भबिष्यवेता हुन । राशिमा आधारित बैदिक ज्योतिष भन्दा नक्षत्रमा आधारित ज्योतिष प्रभावकारी र बिस्वसनिय भएको उनले निष्कर्ष निकालेकाे जानकारी दिइएकाे छ ।

भारतमा ज्योतिषहरुले अहिले कृष्णमुर्ती प्रक्रिया नै अवलम्बन गर्दै आएका छन । नेपालका प्रसिद्ध ज्योतिषी लक्ष्मण भण्डारीले कृष्णमुर्ती अर्थात नक्षत्रमा आधारित ज्योतिषी विद्याको गहन खोजी गरेका थिए । खोजीका क्रममा अत्यन्त प्रभावकारी भएको निष्कर्षमा पुगे पछी उनले नेपालमा पनि यसकाे सुरुवात गर्न अभियान नै चलाए ।

सामाजिक संजालका माध्यमवाट र प्रत्यक्ष भेटेर रुचि भएका व्यक्तिहरुलाई यो विद्या  सिकाउन तिर लागेकाे जानकारी पनि दिइएकाे छ । यही क्रममा दिक्षित भएका ज्योतिषीहरुलाई समेटेर कृष्णमुर्ती ज्योतिष परिषदको जन्म भएको हो । यसकाे अध्यक्ष स्वयम् भण्डारी छन । कृष्णमुर्ती प्रक्रिया अन्तर्गत २ सय भन्दा बढी ज्योतिषीलाई पढाई सकिएको बताउदै ज्योतिषी भित्रका बिकृतिहरुलाई चिर्दै बिस्वसनियता कायम गर्न यो नै उत्तम भएको भण्डारीको भनाई छ ।

कृष्णमुर्ती ज्योतिषी मात्र नभएर पुर्विय बिज्ञान नै भएको कतिपय ज्योतिषीहरुको तर्क छ । ग्रहका कारण प्रतिफल योग भएकाहरुले जिम्मेवारी भन्दा बाहिर गएर सेवा गर्नुपर्ने बताउछन । जस्तै बाबू-आमाको पालनपोषण जिम्मेवारी भएको हुदाँ यसलाई सेवा भन्न नमिल्ने तर अनाथ, असहायहरुलाई गर्ने सहयोग भने सेवा भएको ज्योतिषीहरु बताउँछन । यस्ता कर्म गरे ग्रह अनुसार रहने दशा समेत न्यूनीकरण हुने उनिहरुको भनाई छ ।

बैदिक अध्ययन गरेर ज्योतिषी बन्न नसक्ने बताउदै नक्षत्रको अध्ययन अनिवार्य भएको कृष्णमुर्ती ज्योतिष परिषदको ठहर छ ।

ज्योतिषशास्त्रको बिषयमा युरोपियनहरुले नेपालको नै प्राचीन, बैदिक प्रणालीलाई नयाँ ढंगले अनुसन्धान गरेर निष्कर्षमा पुगेको बताउदै नेपालका ज्योतिषशास्त्रीहरु अझै पुरानो ढाँचामा नै रहेको कृष्णमुर्ती ज्योतिष परिषदमा आवद्ध ज्योतिषहरुको बुझाई छ ।विशाल बस्नेत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

उत्तरगया धाम परिसरमा १०८ शिवलिंग स्थापना

धनकुटामा वाडाङ्मी र पापनीको रौनक

थारु संस्कृतिलाई चित्रकलामार्फत संरक्षण गर्दै मित्थु

भूकम्पको नौ वर्षमा पनि ठडिएन हिटी पोखरीको गरुडनारायण मूर्ति

पञ्चकोटमा ब्राह्माण्डीय महायज्ञको तयारी

आज मंगलबार गणेश भगवानको दर्शन गरि थाहा पाउनुहोस् तपाँइको दैनिक राशिफल

जनकपुरमा हुने सीताराम विवाह महोत्सवको तयारी

महायज्ञबाट संकलित रकमबाट मन्दिर पुनःनिर्माण

मिथिलामा सामाचकेवा पर्व समापन गरिँदै

ऐतिहासिक नमोबुद्ध जात्रा : ‘पितृ’का सम्झनामा दीप प्रज्ज्वलन गरिने

आज गुरु नानक जयन्ती र कार्तिक स्नान समाप्ति

पशुपतिनाथ मन्दिर उत्तराखण्डमा भन्ने समाचारमा सत्यता छैन : पशुपति क्षेत्र विकास कोष