सदाबहार खबरको रफ्तार ....
मंग्सिर १८, २०८० सोमबार
December 4, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

एमाले कोशी प्रदेशमा ११ सदस्य मनोनीत, अध्यक्षदेखि सबै सदस्यको जिम्मेवारी तोकियो (सूचीसहित)

२०८० मंग्सिर ४, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेकपा एमाले कोशी प्रदेश कमिटीमा विभिन्न पार्टीबाट प्रवेश गरेका समेत समेटेर ११ जना नयाँ सदस्य मनोनीत भएका छन् । मनोनीत हुनेमा पूर्वमन्त्री बुद्धिकुमार राजभण्डारीदेखि व्यवसायी अरुण राठीसमेत छन् ।

त्यस्तै खेलकुद महासंघका अध्यक्ष पर्शुराम बस्नेत र विराटनगरका पूर्व उपमेयर मेयर भूराज राई पनि मनोनयनमा परेका छन् । जसपाबाट एमालेमा प्रवेश गरेका रामसिंह राई पनि सदस्य मनोनीत भएका छन् ।

कोशीको प्रथम महाधिवेशनबाट निर्वाचित कमिटीको पहिलो बैठकले ३८ जनाको प्रदेश कमिटी सचिवालय गठन गरेको छ । अन्तर कमिटी निर्देशन जारी गर्दै एमाले कोशी प्रदेश कमिटीले सबै सदस्यहरूको कार्य विभाजन समेत टुंगो लगाएको छ ।

अध्यक्ष घनश्याम खतिवडाले स्कुल विभाग लिँदा बैठकले संगठन विभाग प्रमुखको जिम्मेवारी सचिव राजकुमार भण्डारीलाई दिएको छ भने पूर्वमन्त्री लक्ष्मण तिवारीले प्रचार तथा प्रकाशन विभाग प्रमुख (प्रवक्ता) को जिम्मेवारी पाएका छन् ।
पदाधिकारीमध्ये उपाध्यक्ष टिकाराम चेम्जोङ निर्वाचन, उपसचिव देवा राई विज्ञान तथा प्रविधि र उपसचिव जलवर्षा राजवंशी शहरी विकास विभाग प्रमुख बनेका छन् ।

प्रतिनिधि सभा सदस्य समेत रहेका एलपी साँवा लिम्बुले वित्त तथा कोष व्यवस्थापन विभागको जिम्मेवारी पाएका छन् भने युवा संघबाट बिदा भएका रोशन बस्नेतले विद्यार्थी इन्चार्ज र प्रभातविक्रम कटुवालले युवा तथा खेलकुद विभागको जिम्मेवारी पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

एकीकृत समाजवादीको सचिवालय बैठक सुरू, महाधिवेशनको मिति तय गर्ने बिषयमा छलफल हुँदै

कानुन निर्माणमा केन्द्रीकृत मानसिकता नै बाधक छ : नेत्री पोखरेल

मुगु एमाले अधिवेशन : नेतृत्व चयन प्रक्रियाप्रति १० भ्रातृ सङ्गठनको असन्तुष्टि

एकीकृत समाजवादीको सचिवालय बैठक भोलि

राप्रपा नेपालको केन्द्रीय समिति बैठक मंशिर २४ बाट

‘सबै प्रकारका शोषण अन्त्य हुनुपर्छ’ : माधव नेपाल

कांग्रेस एकढिक्का हुन नेताहरूले दम्भ छाड्नुपर्छः कोइराला

देशमा भाषणभन्दा काम गर्ने समय आयो : सभापति देउवा

गणतन्त्रलाई कसैले समाप्त गर्न सक्दैन : नेता निधि

एमालेले सरकार छोडेपछि भ्रष्टाचार मौलाएको केपी ओलीको दाबी

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको प्रथम राष्ट्रिय महाधिवेशन आगामी जेठमा

राजतन्त्रको पक्षमा जनता छैनन्, नेपाल धार्मिक राज्य बनाउन सकिँदैन : महासचिव गुरुङ